विराज समाजले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका ४ जरायटारको जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि. र चिशंखुगढी गाउँपालिका ६ भदैरेको बालकन्या आधारभूत विद्यालयमा न्यानो कपडा, शैक्षिक तथा खाद्यान्त सामाग्री वितरण गरेको छ ।
गुरुकुल वेद विद्याश्रम मा.वि.मा सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष रामप्रसाद दाहालले गाउँपालिकाका अध्यक्ष मणिराज राई र उपाध्यक्ष हेमकुमारी तामाङको विशेष उपस्थितिमा विधार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री र खाद्यान्न वितरण गर्नु भएको थियो ।
विराज समाजले चिशंखुगढी गाउँपालिका ६ भदैरे बालकन्या आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक पिताम्बर दाहाललाई हस्तारण गरिएको न्यानो कपडा विद्यालयले एक कार्यक्रम आयोजना गरि वडा अध्यक्ष कृष्णबहदुर मगर तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज खतिवडाले विधार्थीहरुलाई वितरण गर्नु भएको छ ।
जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि.मा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मणिराज राईले विराज समाजले हरेक वर्ष गरेका कार्यहरुको प्रशंसा गर्दै गाउँपालिकाको तर्फबाट धन्यवाद दिनु भएको थियो । जाडो तथा कोभिड १९ को प्रतिकुल प्रभाव विधार्थीहरुको शिक्षामा नपरोस भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको समाजका अध्यक्ष रामप्रसाद दाहालले जानकारी दिनु भयो ।
कार्यक्रममा विराज समाजका सल्लाहकार प्रा. मुकुन्दराज दाहाल,सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल, आजीवनहरु सदस्यहरु विमला दाहाल,प्रतिमा दाहाल, ओम खत्रि, सुमन थापा, सुनिल श्रेष्ठको उस्थिति रहको थियो । त्यसैगरी मोलुङ गाउँपालिका वडा नं चारका वडाध्यक्ष मानबहादुर तामाङ, जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि.का अध्यक्ष फणिन्द्र दाहाल, प्रधानाध्यापक दिनेश खतिवडा र बरुणेश्वर मा.वि.राम्पुरका प्रधानाध्याक कुलप्रसाद खतिवडाले विराज समाजले आफ्नो गाउँसम्म आएर गरेको सामाजिक कार्यको प्रति आभार समेत प्रकट गर्नु भएको थियो ।
यस वर्ष ओखलढुंगामा वितरण गरिएको न्यानो कपडा,शैक्षिक सामाग्री र खाद्यान्त खरिद गर्न समाजका आजीवन सदस्य विमला दाहालले रु ६५ हजार आर्थिक सहयोग गर्नु भएको थियो भने समाजका अध्यक्ष रामप्राद दाहाल, सल्लाहकार सुमन दाहाल, आजीवन सदस्य हरिहर दाहाल, समाजका जेष्ठ सदस्य तेजप्रसाद दाहाल, सरस्वती दाहाल, प्रतिमा दाहाल, आशना दाहाल ज्ञावली, पेस्किला दाहाल, सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहदुर कटवाल, ओम खत्री, दुर्गाबहादुर खत्रीले समेत आर्थिक सहयोग गर्नु भएको थियो ।