विराज समाजको १५ औं वार्षिक साधारण सभा, विराज सम्मान तथा तीज विशेष कार्यक्रमका सभापतिज्यू प्रमुख अतिथि सम्माननीय उपसभामुख श्री पुष्पा भुसालज्यू, विशिष्ठ अतिथि पूर्वरक्षामन्त्री माननीय भिसेनदास प्रधानज्यू, अथितिज्यूहरु, सम्मानित महानुभावहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा विराज समाजको कोषाध्यक्षको तर्फबाट हार्दिक स्वागत गर्दछु ।
विराज समाजको कोषाध्यक्षको तर्फबाट समाजको उन्नयन र विकासमा आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
वर्तमान कार्य समितिले समाजले संचालन गर्दै आएका कार्यक्रमहरुलाई व्यवस्थित र नियमित रुपमा संचालन गर्न न्यूनतम पन्ध्र्र लाखको अक्षयकोष स्थापना गर्ने उद्घोष गरेकोमा हालसम्ममा सो कोषमा १५ लाख रकम जम्मा भईसकेको जानकारी समेत गराउँछु । समाजले आगामी वर्षमा कोषको रकम २० लाख पुर्याउने लक्ष्य लिएको छ ।
अक्षय कोषमा हालसम्म रकम प्रदान गर्नु हुने महानुभावहरु श्री सुमन दाहालज्यू, श्री हरिहर दाहालज्यू, श्री दिनेश मगरज्यू, श्री भलबहादुर मगरज्यू, श्री देबहादुर मगरज्यू, श्री गुणबहादुर मगरज्यू, श्री रामप्रसाद दाहालज्यू, श्री तेजप्रसाद दाहालज्यू, श्री कमला ढुंगेलज्यू, श्री केशव दाहालज्यू, श्री विमला दाहालज्यू, श्री आशिष दाहालज्यू, श्री रेजिना दाहालज्यू र श्री भगवती थापाज्यू हुनुहुन्छ । आदरणीय दाताहरु प्रति हार्दिक अभार प्रर्कट गर्दछु ।
यस वर्षदेखि समाजका नियामित कार्यक्रमहरुलाई संचालन गर्न तथा आर्थिक अवस्था कमजोर भई जीवन यापन गर्न कठिनाईमा परेका तथा विभिन्न प्राकृतिक प्रकोपबाट प्रताडित भएका विपन्नहरुलाई सहयोग गर्ने उद्देश्यले विराज वार्षिक सहायता कोष स्थापना गरिएको छ । समाजले विराज वार्षिक सहायता कोषको विदेश विभाग संयोजकमा अमेरिकामा बसोबास गर्नु हुने युवा समाज सेवी आशिष दाहाललाई नियुक्त गरेको छ । सो कोषमा रु एक लाख रकम जम्मा भईसको जानकारी गराउर्दछु । कोषमा सहयोग गर्न इच्छुक महानुभावले नेपालमा रहनुभएको भए वार्षिक रुपमा रु. पाँच हजार तथा विदेशमा रहनुभएको भए वार्षिक रुपमा एक सय डलर स्वेच्छिक रूपमा जम्मा गर्न सक्नु हुने छ ।
स्वयमसेवी सामाजिक संस्थालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सबैको सत्प्रयास आवश्यक पर्ने भएकाले कोष विस्तारमा यहाँहरुको पनि पूर्ण सहयोग , समर्थन र सदभाव रहने छ भन्ने विश्वास समेत लिएको छु ।
सामाजिक हितका कार्यक्रमहरु संचालन गर्दै आएको विराजलाई पनि कोभिड १९ को प्रभावका कारण आमदानी तथा खर्चमा कमी आँउदा समाजका नियामित केही कार्यक्रमहरु भने स्थगित हुन पुगेका थिए ।
आ.व. ०७८ ÷०७९ लेखा परीक्षण कार्य सम्पन्न गरी लेखापरीक्षक श्री विमल अधिकारीज्यूले तयार गर्नु भएको प्रतिवेदन यस गरिमामय साधारण सभामा पेश गर्दछु । समाजको लेखा परीक्षण गरिदिनु भएकोमा लेखा परीक्षक श्री विमल अधिकारीज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । लेखा परीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिदिनु हुने छ भन्ने विश्वास समेत लिएको छु ।
समाजले आ.व.०७९÷०८० को अनुमनित वार्षिक रु ६,१७,००० ।– आम्दानी गर्ने लक्ष्य लिएको छ । समाजका निर्धारित कार्यक्रमहरु संचालन गर्न रु ४,७०,००० ।–खर्च हुने अनुमान गरिएको छ ।
समाजको आ.व. ०७९÷०८० को नीति तथा कार्यक्रमहरु अध्यक्षज्यूको प्रतिवेदनमा समावेश गरिएको कुरा जानकारी गराउँदछु । विराज समाजलाई यहाँसम्मको यात्रा तय गर्न यहाँहरुले गर्नु भएको अमूल्य योगदानको उच्च सम्मान गर्दै पुन धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद । जय विराज समाज ।
नरबहादुर कटवाल
कोषाध्यक्ष
मिति २०७९÷०५÷०४ गते