विराज समाजको १२ औं वार्षिक साधारण सभा ,विराज सम्मान समर्पण , तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश सम्माननीय खिलराज रेग्मीज्यू, राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)ज्यू वरिष्ठ कलाकार लक्ष्मी गिरिज्यू ,अथितिज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
आदरणीय महानुभावहरु,
ओखलढुंगामा जन्मेर विभिन्न स्थान बसोबास गर्ने महानुभावहरुको जन्मभूमिप्रतिको अटुट आस्था, प्रेम र समर्पण भावले जन्मभूमिप्रति सामाजिक सेवाभावबाट योगदान गर्ने उद्देश्यले विधिवत् दर्ता भई स्थापना भएको विराज समाज विराज क्षेत्रको अपरिहार्य संस्थाको रुपमा परिचित भएको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु ।
यस समाजले हरेक वर्ष जेष्ठ नागरिक सम्मान, गरीब तथा असहाय बिरामीहरुलाई उपचारमा सहयोग, जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन, समाजमा उल्लेखनीय योगदान गर्ने महानुभावहरुलाई विराज सम्मान तथा शिक्षा प्रतिको रुचि अधिवृद्धी गर्न एवम् असाय विधार्थीहरुलाई प्रोत्साहन गर्न खेलकुद लगायत मानवीय तथा सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्दै आएकोछ । विभिन्न कार्यक्षेत्रमा कार्यरत विशिष्ठ व्यतिmत्वहरु यस संस्थामा आवद्ध रहनु भएको छ ।
अब म यस संस्थाले यस वर्षमा संचालन गरेका कार्यक्रमहरुको बारेमा संक्षिप्त रुपमा चर्चा गर्न चाहन्छु ।
अक्षय कोष स्थापना तथा संचालन
विराज समाजको विधान अनुरुप संस्थाको कार्य क्षेत्रमा वार्षिक रुपमा संचालन गर्ने कार्यक्रमलाई स्थायीत्व प्रदान गर्न संस्थाको आफ्नै कोष तथा आम्दानी हुनु पर्ने कुरालाई गहन रुपमा मनन गरी विराज समाजमा न्यूनतम रु १५,००,०००( पन्ध्र लाख) को अक्षय कोष स्थापना गर्न पहल गर्ने गत वर्षको योजना अनुसार तेजविन्दा दाहाल जेष्ठ नागरिक विराज कोष , रणरुपा माया मगर जेहन्दार विधर्थी विराज कोष, पिटर पिण्डल विराज कोष र हरिपद्मा छात्रावृत्री विराज कोष स्थापना भई सकेका छन । यस वर्ष आर्थिक रुपमा विपन्न तथा असाहय विधार्थीहरुलाई शिक्षा आर्जन गर्न सहयोग गर्ने उदेश्यबाट आफ्ना स्वर्गीय पति पदमबहादुर थापाको स्मृतिमा इटहरी उपमहानगरपालिका २० तरहरा सुनसरीमा वसोवास गर्नु हुने समाज सेवी श्री भगवती थापाज्यूले पदमबहादु्र विराज कोष स्थापनाका लागि विराज समाजलाई रु १ लाख प्रदान आजै गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
एनपिसिी लिमिटेड सम्मान २०७५प्राप्त
यस विराज समाजले जेष्ठ नागरिक सम्मान तथा दैवीप्रकोपमा परेका व्याक्तिहरुलाई राहत सामग्री वितरण, गरिब तथा जेहेन्दार विद्याथीहरुको विद्योपार्जनमा लागि छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरी शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै एनपिसिी लिमिटेडले आफ्नो २२ औं साधारणसभा रु ११ हजार १ सय ११ नगद पुरस्कार सहित एनपिसिी लिमिटेड सम्मान २०७५ प्रदान गरेको सगौरव जानकारी गर्दछु । विराज समाजलाई एनपिसिी लिमिटेड सम्मान २०७५ प्रदान गर्नु भएकोमा संस्थाका अध्यक्ष श्री मित्रसेन दाहालज्यू सहित सम्पूर्ण एनपिसिी लिमिटेड परिवारमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु ।
नियमित कार्यक्रमहरु
यस समाजले आ.व.०७५÷०७६ मा समाजको ११ औं वार्षिक साधारणसभामा समाजसेवी श्री खिलानाथ अधिकारीज्यू र श्री लोककृष्ण भट्टराईज्यूलाई सम्मान प्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको थियो । विराज क्षेत्रमा भालुको आक्रमणबाट घाइतेहरुलाई सहयोग, आगोले पोलेको बालकलाई सहयोग गरी मानवीय क्षेत्रमा कार्य गरेको थियो । दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम तथा सल्लाहकार पुरुषोत्त दाहालको शान्ता उपन्यास विमोचन गरेको थियो । विराज क्षेत्रमा भ्रमण गरी विराज शिक्षा पुरस्कार तथा जेष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको थियो । निशुल्क प्रथामिक उपचारका अभियान्ता श्री ओम उप्रेतीको अभियानमा सहकार्य गरी तेस्रो चरणको पूर्वका १० जिल्लामा आयोजना गरिएको निशुल्क प्रथामिक उपचार तालिमको शुभारम्भ ओखलढुंगा जिल्लामा गरिएकोमा त्यस क्षेत्रका मानिसहरुको उल्लेखनीय सहभागिताले कार्यक्रम उपलब्धी मुलक र प्रशंसनीय बनेको थियो ।
ओम समाज डेन्टलसंग सहकार्य गरी विराज समाजका सदस्यहरुलाई दन्त रोगमा २५ प्रतिशत छुटको व्यवस्थासमेत मिलाएको तथा ओम समाज डेन्टल हस्पिटलको सहर्कायमा काठमाण्डौमा निशुल्क प्राथमिक उपचार कार्यक्रम समेत आयोजना गरेको थियो । समाजले आ.व.०७५÷०७६मा सम्पन्न गरेका कार्यले समाजको सामाजिक हित तथा मानवीय सेवामा समर्पित कार्यले विराज समाजको प्रतिष्ठा अभिवृद्धि भएको छ । विराज समाजले सम्पन्न गरेका कार्यहरुमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद तथा अभार समेत प्रर्कट गर्दछु ।
विराज सम्मान २०७६
संघीय गणतन्त्र नेपालका राष्ट्रगानका रचनकार श्री प्रदीप कुमार राई (व्याकुल माइला) ज्यूलाई विराज सम्मान २०७६ तथा वरिष्ठ कलाकार श्री लक्ष्मी गिरिज्यूलाई याक्टिङ क्वीन उपाधि सहित सम्मान आज यो गरिमामय सभामा समर्पण गर्ने कार्यक्रम रहेको जानकारी गर्दछु ।
आज ओम सामज डेन्टल हस्पिटल चावहिलले निशुल्क दन्त शिविर आयोजना तथा विशेष सांस्कृतीक कार्यक्रममा सहभागी दिदी बहिनीहरुलाई कुमारी बैकको तर्फबाट तीजको उपहार समेत प्रदान गर्नु हुने भएकमा उहाँहरुलाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।
आदरणीय महानुभावहरु ,
अव म संस्थाका भावी योजना तथा कार्यक्रम सम्बन्धमा संक्षिप्त दृष्टिकोण राख्न चाहन्छु ।
कुनै पनि कार्यक्रम संचालन गर्न सोच, पूँजी तथा जनशक्ति आवश्यता पर्ने भएको हुदा सामाजिक क्षेत्रका कार्यहरु गर्न तत्परता, प्रतिवद्धता र इच्छाशक्तिको जरुरत हुने कुरा सर्वविवितै छ । उपलब्ध भएका स्रोतसाधनहरुलाई मध्यनजर गरी यस चालु आ.व.मा निम्नअनुसारका भावी योजनाहरु प्रस्तावित गरेको छु ।
भावी योजनाहरु
१. विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने तथा जेष्ठ नागरिक सम्मानको विगतको स्वरुप तथा ढाचा परिवर्तन गरी निरन्तरता दिने ।
२ विराज क्षेत्र भ्रमणलाई निरन्तरता दिने ।
३. सिद्धिचरण नगरपालिकाका मा.वि. स्तरीय हाजिर जवाफ प्रतियोता आयोजना गर्ने ।
४. विराज विशेष सम्मान प्रदान गर्ने ।
५ विराज तीज विशेष सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने, ।
६. विराज कल्याणकारी कोषको कार्यविधि तयार गर्ने ।
७. विराज क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि विशेष पहल गर्ने ।
८. कला, संस्कृती र साहित्य क्षेत्रको विकासका लागि स्रष्टा सम्मान लगायत अन्य कार्यक्रम थालनी गर्ने ।
९ विराज स्मारिका प्रकाशन गर्ने ।
१० विराज कोष अभिवृद्धीका लागि देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
११. स्वास्थ्य शिविर संचालन गर्न कार्यक्रम आयोजना गर्ने ।
१२. स्रोत अभिवृद्धि गरी कानूनी साक्षरता तालिम तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने ।
१३ ओम समाज डेन्टल हस्पिलसँग सहकार्य गरि कार्यक्रमहरु संचालन गर्ने ।
१४ निशुल्क प्राथमिक उपचार तालिमका अभियान्ता ओम उप्रेतीसँग सहकार्य गरी देश भर आयोजना हुने निशुल्क प्रथमिक उपचार तालिम अभियानमा सहभागी हुने ।
१५.आर्थिक स्रोत जुटाएर प्रकृतिक प्रकोपबाट पिडितहरुलाई सहयोग गर्ने ।
१६. विराज कोषमा १० लाख रहेकोमा थप पाँच लाख वृद्धी गरी १५ लाख पुर्याउने ।
१७. सामाजि हितका अन्य कार्यक्रमहरु गर्ने ।
उल्लेखित कार्यक्रम संचालन गर्न यहाँहरुको समेत अंहम भूमिका रहने कुरा स्मरण गराउन चाहन्छु ।
समाजको आ.व. ०७५÷७६ लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्षज्यूले यो गरिमामाय सभामा पेश गर्नु भएको छ । संस्थाको आर्थिक कारोवारको बारेमा सो प्रतिवेदनले प्रष्ट गर्ने नै छ ।
समाजको विकास र उन्नयनमा यो कार्य समितिले गरेको कार्यहरुको यहाँहरुले समीक्षा गर्नु हुने नै छ । सिमित स्रोत साधानका बिच पनि समाजले गरेका कार्यहरुमा यहाँहरुको सहयोग ,सहभागीता र सद्भावको यस गरिमाय सभामा उच्च सम्मान गर्दै भविश्यमा पनि निरन्तर सहयोग प्राप्त हुने छ भन्ने पूर्ण विश्वास लिएको छु ।
अन्त्यमा, आजको साधाणसभाका सम्माननीय प्रमुख अतिथि श्री खिलराज रेग्मीज्यूमा हार्दिक आभार प्रर्कट गर्दै उपस्थित अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, सञ्चारकर्मी साथीहरु र संस्थाका सवै शुभेच्छुक महानुभावहरु तथा यस साधारणसभामा उपस्थित् समपूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद । जय विराज समाज ।
रामप्रसाद दाहाल
अध्यक्ष
२०७६ भाद्र १४ गते शनिबार