विराज समाजको नवौं वार्षिक साधारण सभा ,विराज सम्मान समर्पण , अन्धकारको यात्री कविता संग्रह लोकार्पण तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, अथितिज्यूहरु, साहित्यकारज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, कार्यसमितिका पदाधिकारी एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा विराज समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
आज हामी समाजको वार्षिक साधारणसभाको अवसरमा विराज क्षेत्रकै अग्रज आदरणीय पण्डित श्री चन्द्रलाल दाहालज्यूमा विराज सम्मान २०७३ समर्पण र समाजका सल्लाहकार, वरिष्ठ पत्रकार आदरणीय प्राध्यापक श्री पुरुषोत्तम दाहालज्यूको कविता संग्रह अन्धकारको यात्री लोकार्पण गर्न गइरहेका छौं । साथै तीजको विशेष अवसरमा विराज साँस्कृतिक कार्यक्रमको पनि अयोजना गरिएको छ ।
यस अवसरमा मिति २०७३ जेठ २२ गते सम्पन्न समाजको आठौं वार्षिक साधारणसभाबाट निर्वाचित वर्तमान कार्यसमितिको तर्फबाट सम्पूर्ण महानुभावलाई पुनः स्वागत गर्दै, विराज समाजका संस्थापकज्यूहरु, सल्लाहकारज्यूहरु, समाजका तत्कालीन तथा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुमा विराज समाज स्थापना र यसको उन्नयनका लागि उच्च सम्मानका साथ हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।
आदरणीय महानुभावहरु,
अब म समाजले गरेका कार्यहरु प्रस्तुत गर्न चाहन्छु ।
१.विराज सम्मान
विराज समाजको आठौ वार्षिक साधारणसभाको अवसरमा समाज सेवी आदरणीय सुमन दाहालज्यूलाई विराज सम्मान २०७२ समर्पण गरिएको थियो । यस अघि विराज सम्मानबाट समाजसेवी श्री मित्रसेन दाहालज्यू र श्री शान्ता पोखरेल दाहालज्यू सम्मानित भईसक्नु भएको स्मरणीय छ । विराज सम्मान संयोजन समितिका संयोजक सह प्रा.श्री मुकुन्दराज दाहालज्यूले समितिको तर्फबाट विराज सम्मान २०७३ बाट सम्मानित गर्न विगतमा विराज क्षेत्रबाट आफ्नो शैक्षिक यात्रा प्रारम्भ गरी विभन्न जिल्लाका गाऊहरुका विद्यालयमा समेत शिक्षकका रुपमा रही शैक्षिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नु हुने अग्रज पण्डित श्री चन्द्रलाल दाहालज्यूलाई सिफारिस गर्नु भएकोमा कार्य समितिको बैठकको निर्णय अनुसार आजको यस साधारण सभामा समाजसेवी श्री चन्द्रलाल दाहालज्यूलाईृ नगद रु ५,०५१ सहित विराज सम्मान २०७३ सर्मपण गरिदैछ । विराज सम्मान २०७३ ग्रहण गर्न स्वीकृति दिनु भएकोमा पण्डित चन्द्रलाल दाहालज्यू प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
२.अन्धकारको यात्री लोकार्पण ।
विराज समाजको स्थापना देखि आज सम्म समाजको उन्नयनमा विशेष सहयोग गर्नु हुने समाजका सल्लाहकार आदरणीय वरिष्ठ पत्रकार प्रा.श्री पुरुषोत्तम दाहालज्यूको कविता कृति अन्धकारको यात्री लोकार्पणको अवसर प्रदान गर्नु भएकोमा कवि पुरुषोत्तम दाहालज्यू प्रति हार्दिक आभार प्रकट गर्दै काव्यकारिताको सफलताको शुभकामना सहित कविता संग्रह प्रकाशित गरेकोमा सूचना चौतारी सञ्चार सहकारी संस्था लि. प्रति धन्यवाद प्रकट गर्दछौं । यस भन्दा पहिला समाजले सल्लाहकार कवि कलानिधि दाहालज्यूको सीमा वासु खण्ड काव्यको प्रकाशन समेत गरिसकेको थियो ।
३. विराज शिक्षा पुरस्कार तथा विराज जेष्ठ नागरिक सम्मान ।
विराज समाजले हरेक वर्ष विराज क्षेत्रका मा.वि.बाट प्रवेशिका परिक्षामा उत्कृष्ट अंक प्राप्त गरी उत्तीर्ण हुने छात्रा छात्रलाई विराज शिक्षा पुरस्कार तथा विराज क्षेत्रका हरेक गा.वि.स.का.दुई दुई जना जेष्ठ नागरीकलाई विराज जेष्ठ नागरिक प्रदान गर्दै आएकोछ । यस वर्षको विराज शिक्षा पुरस्कार तथा जेष्ठ नागरिक सम्मान प्रदान गर्न पुरस्कार संयोजन समिति गठन गरिसकेको जानकारी समेत गर्दछौं ।
४. कर सम्बन्धी जनचेतना मूलक कार्यक्रम ।
यस समाजको गत मिति २०७३ जेठ २२ गते सम्पन्न वार्षिक साधारण सभाको अवसरमा करदाता सेवा कार्यालय चावहिलको विशेष सहयोगमा कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा अन्तरकिृया सम्पन्न भएको थियो । विराज समाजका सदस्यहरुको सहभागिता रहेको सो कार्यक्रममा करदाता सेवा कार्यालयका कर अधिकृतले कर सम्बन्धी प्रस्तुति दिनु भएको थियो । कर सम्बन्धी जनचेतना मूलक कार्यक्रमका लागि करदाता सेवा कार्यलयका प्रमुख श्री युवराज श्रेष्ठज्यू तथा करदाता सेवा कार्यालयलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
५.विगुटार उच्च मा.वि.लाई कम्प्युटर तथा प्रिन्टर प्रदान ।
विराज समाजको विशेष पहलमा ओखलढुंगा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित माननीय सांसद श्री रामहरि खतिवडाज्यूले विराज समाज मार्फत विगुटार उच्चमा.वि. विगुटारलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराउनु भएकोमा माननीय साँसद श्री रामहरि खतिवडाज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विराज क्षेत्रका सवै विद्यालयहरुमा कम्प्युटर तथा सोलार उपलब्ध गराई दिनु हुन माननीयज्यूहरुमा हार्दिक अनुरोध गर्दछौं ।
आदरणीय महानुभावहरु अव म समाजका भावी योजना, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दछु ।
१. विराज कल्याणकारी अक्षय कोष सञ्चालन ।
विराज समाजको छौटौं वार्षिक साधारणबाट पारित विराज कल्याणकारी अक्षय कोष सञ्चालन सम्बन्धी नियमावली २०७० बमोजिम स्थापना भएका कोषलाई व्यवस्थित गरिनेछ । विराज कल्याणकारी अक्षय कोषमा समाजले यस वर्ष रु पाँच लाख जम्मा गर्ने लक्ष्य रहेको जानकारी गर्दछौं । विराज कल्याणकारी अक्षय कोष अन्र्तरगत रही विराज स्वास्थ्य कोष ,विराज जेष्ठ नागरिक कोष , विराज साँस्कृति कोषहरु स्थापना गरिनेछ । विराज कल्याणकारी अक्षयकोष सञ्चालन सम्बन्धी नियमावली २०७० लाई परिर्माजन गर्न तथा विराज पिटर कोष सञ्चालनमा देखिएका समस्याहरुको समाधानका लागि आवश्य निर्णय गर्न कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव समेत पेश गर्दछौं ।
२. विराज शिक्षा पुरस्कार ।
यस समाजले हरेक वर्ष प्रदान गर्ने विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने र पुरस्कारको राशी र क्षेत्र वृद्धी गरिनेछ ।
३. विराज जेष्ठ नागरिक सम्मान ।
समाजका जेष्ठ नागरिक हाम्रो अभिभावक र प्रेरणका मुहान हुनुहन्छ । उहाँहरुको सम्मानमा समाजले हरेक वर्ष विराज जेष्ठ नागरिक सम्मान गर्दै आईरहेको छ । जेष्ठ नागरीक सम्मानको पुरस्कारको राशी समाजले वृद्धि गर्नेछ ।
४. विराज क्षेत्रको भ्रमण ।
हरेक वर्ष हुने विराज क्षेत्रको भम्रणको उपलब्धी तथा प्रभावकारिताको मूल्याड.कन समाजले गर्नेछ ।
५. विराज सम्मान
हरेक वर्ष प्रदान गरिने विराज सम्मानको पुरस्कारको राशी र क्षेत्र वृद्धि गरिनेछ ।
६. विराज क्षेत्रको शैक्षिक उन्नयनका लागि विशेष पहल गरिनेछ ।
७. कला, संस्कृति र साहित्यका क्षेत्रका स्रष्टाहरुलाई प्रोत्साहन गरिने ।
८. आजीवन सदस्यता विस्तार गरिनेछ ।
९. विराज देउसी भैलो कार्यक्रम निरन्तरता दिनेछ ।
१०.विराज साँस्कृति समिति गठन गरिसकिएको हुनाले कार्यक्रम अयोजना गरिनेछ ।
११ विराज तीज विशेष कार्यक्रम आयोना गरिनेछ ।
१२.विराज स्मारिका प्रकाशन गरिनेछ ।
१३. समाजको वेव साइड निर्माण गरिनेछ ।
१४.सदस्यहरुको व्यतिmत्व विकासका लागि तालिम तथा गोष्ठी आयोजना गरिनेछ ।
१५. विराज समाज समाज कल्याण परिषद्मा आवद्धता हुनेछ ।
१६. विराज रिडर्स क्लब संचालन गरिनेछ ।
समाजको आर्थिक अवस्था
स्वयंसेवी रुपमा संचालित यस विराज समाजको प्रमुख आर्थिक स्रोत भनेको सदस्यता वापत प्राप्त शुल्क र शुभचिन्तक महानुभावहरुको आर्थिक सहयोग नै हो । समाजले आफ्नो कार्यव्रmमहरु यिनै आर्थिक स्रोतबाट सञ्चालन गर्दै आएको छ ।
आ.व.०७२÷७३मा समाजको बंैक खातामा रु १,९७,६४५ नगद मौज्दात रहेकोछ । समाजको आर्थिक अवस्थाबारे जानकारी प्राप्त गर्न यस समाजको आ.व.०७२÷०७३ को लेखा परीक्षण गर्न नियुक्त हुनु भएका लेखा परीक्षक श्री विमल अधिकारीको आ.व.०७२÷०७३ को लेखा परीक्षण प्रतिवेदन अध्ययन गर्नु हुन समेत अनुरोधका साथ लेखापरीक्षण गरिदिनु भएकोमा श्री विमल अधिकारीज्यूलाई धन्यवाद प्रकट गर्दछौ ।
आ.व.०७३ ।०७४ को अनुमानित आय
१. बैकबाट प्राप्त व्याज रु २५,०००।–
२. सदस्यता शुल्क तथा नविकरण रु ५,०००।–
४. आजीवन सदस्यता शुल्क रु १००,०००।–
५. दाताबाट सहयोग रु २००,०००।–
६. विज्ञापन रु १५०,०००।–
७. देउसी भैलोबाट सहयोग रु १५०,०००।–
८.विराज साँस्कृतिक कार्यक्रम रु १,००,००० ।–
कुल आय रु ७,३०,०००।–
आ.व.०७३ ।०७४ को अनुमानित व्यय
१ लेखा परीक्षण शुल्क रु १०,०००।–
२.साधारण सभा खर्च रु ५०,०००।–
३.संस्था नविकरण शुल्क रु २५,०००।–
४.अथिति सत्कार खर्च रु ५,०००।–
५.विराज क्षेत्रमामा कार्यक्रम खर्च रु ६५,०००।–
६ मसलन्द खर्च रु १०,०००।–
७.टिकट तथा टेलिफोन खर्च रु ५,०००।–
८ विविध खर्च रु ५,०००।–
९. विराज सम्मान खर्च रु १०,००० ।–
१० देउसी भैलो रु ३०,०००।–
११ साँस्कृतिक कार्यक्रम खर्च रु ५०,०००।–
१२ प्रकाशन खर्च रु १,००,००० ।–
१३ विराज कल्याणकारी कोष रु ३,६५,०००
कुल खर्च रु ७,३०,०००
कार्यसमितिबाट गठन गरिएका समितिहरु
समाजको उद्देश्य अनुरुप कार्य समितिले कार्य सम्पादन गर्ने क्रममा आवश्यकता अनुसार विभिन्न समितिहरुको गठन निम्नानुसार गरिएकोछ ।
१.सल्लाहकारहरुको मनोनयन ।
२.साधारण सभा तथा तीज विशेष कार्यक्रम आयोजक समिति ।
३ सम्मान संयोजन समिति ।
४.विराज साँस्कृतिक समिति ।
५.विराज शिक्षा पुरस्कार तथा जेष्ठ नागरिक सम्मान संयोजन समिति ।
६.विराज सम्पर्क समन्वय समिति ।
समाजको हार्दिक अनुरोध ।
विराज समाजले स्थापना गर्ने विराज स्वास्थ्य कोष, विराज साँस्कृतिक कोष ,विराज पिटर कोष र जेष्ठ नागरिक सम्मान कोषमा सहयोग गर्नु हुन सबै महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु । साथै विराज क्षेत्रको विकासमा आ आफ्नो ठाँउबाट पहल गरिदिनु हुन समेत अनुरोध गर्दछु । यस समाजको आठौं वार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव अनुसार विराज क्षेत्रलाई विराज गाऊ पालिका निर्माणका लागि विशेष पहल तथा सहयोग गर्नु हुने सबैमा हार्दिक अनुरोध गर्दछु । साथै यस समाजमा हाल सम्म ७४ जना महानुभाव आजीवन सदस्य रहनुभएको जानकारी अवगत गर्दछौं । आजीवन सदस्यताको वृद्धीमा यहाहरुको समेत भूमीका रहनेभएकोले आजीवन सदस्यका लागी आह्वान समेत गर्दछौं ।
अन्त्यमा, समाजको आठौं वार्षिक साधारणसभाबाट अध्यक्षको जिम्मेवारी वहन गर्ने अवसर दिनु भएकोमा समाजका आदरणीय सदस्यज्यूहरु प्रति पुन हार्दिक आभार प्रकट गर्दै वर्तमान कार्य समितिले कार्य प्रारम्भ भएको यो छोटोे समयमा आजको सभाले कार्य मूल्यांकन सहित समाजको विकास गर्न सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । आजको साधाण सभामा कार्य समितिका साथीहरु,सल्लाहकारज्यूहरु,साँस्कृति समितिका साथीहरु,सम्मानीत व्यक्तित्व, सभा सम्पन्न गर्न सहयोग गर्नु हुने कार्यक्रमका प्रमुख अतिथिज्यू ,अतिथिज्यूहरु,सञ्चारकर्मी र सदभाव राख्नु हुने सवै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतिवेदन पारित गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद । जय विराज समाज
रामप्रसाद दाहाल
अध्यक्ष
२०७३ भाद्र ११ गते शनिवार
यस बिराज समाजलाई सहयोग गर्ने महानुभावहरुः
१. रामप्रसाद दाहाल, अध्यक्ष रु ५०००÷–
२. दिनेश कुमार मगर, निवर्तमान अध्यक्ष, रु ५०००÷–
३. लेखनाथ दाहाल, सदस्य रु ५०००÷–
४. मिना कुमारी राई उपाध्यक्ष रु ५०००÷–
५. प्रकाश मगर सदस्य रु ३०००÷–
६. राजेन्द्रप्रसाद दाहाल, सचिव रु २०००÷–
७. नरबहादुर कट्वाल, कोषाध्यक्ष रु २०००÷–
८. भक्तबहादुर मगर, सदस्य रु.१५००÷–
९. गोपीकृष्ण दाहाल, सदस्य रु १०००÷–
१०. भगवती कार्की, सदस्य रु १०००÷–
११. ललीत मगर, सदस्य रु १०००÷–
यस समारोहका सभापतिज्यू, प्रमुख अतिथीज्यू, सम्मानीत व्यतित्व आदरणीय चन्द्रलाल दाहालज्यू, मञ्चमा उपस्थित अन्य अतिथीज्यूहरु, तथा यस संस्थालाई माया गरी कार्यक्रममा पाल्नुहुने सम्पूर्ण आदरणीय अन्य व्यक्तिज्यूहरु हाम्रो आमन्त्रणलाई स्वीकार गरी विराज समाजले आयोजना गरेको यस कार्यक्रममा पाल्नु भएकोमा प्रमुख अतिथी अन्य अतिथी तथा सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु । विराज समाजले आयोजना गरेको यस कार्यक्रममा यहाहरुको यस प्रकारको उत्साहजनक सहभागीताले संस्थाको काम कारवाहीमा अझ उर्जा र उत्साह थपिएको व्यहोरा उल्लेख गर्दै गरिमामय उपस्थितीका लागी पुनः स्वागत गर्दछु । सुस्वागतम, सुस्वागतम, सुस्वागतम । धन्यवाद ।