विराज समाजको दशौं वार्षिक साधारण सभा ,विराज सम्मान समर्पण , तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, अथितिज्यूहरु, साहित्यकारज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा विराज समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।संस्थाद्धारा आयोजित आजको कार्यक्रममा तीजको विशेष अवसरमा विराज साँस्कृतिक कार्यक्रम पनि अयोजना पनि गरेका छौं ।
आदरणीय महानुभावहरु
अब म संस्थाले यस वर्षमा गरेका कार्यहरु प्रस्तुत गर्न चाहन्छु ।
विराज सम्मान
विराज समाजको नवौं वार्षिक साधारणसभाको अवसरमा समाजसेवी एवं शिक्षाविद् पं चन्द्रलाल दाहाललाई विराज सम्मान २०७३ समर्पण गरिएको थियो । यहाँको ९३ वर्षको उमेरमा गत जेठ महिनमा स्वर्गारोहण भएकोमा बिराज समाज मर्माहित भएको छ । स्वर्गीय दाहालको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
अन्धकारको यात्री लोकार्पण
विराज समाजको स्थापना देखि आज सम्म निरन्तर समाजको उन्नयनमा विशेष सहयोग गर्नु हुने समाजका प्रमुख सल्लाहकार आदरणीय वरिष्ठ पत्रकार प्रा.श्री पुरुषोत्तम दाहालज्यूद्वारा लिखित अन्धकारको यात्री (कविता संग्रह) संस्थाको नवौं वार्षिक साधारण सभामा लोर्कापण गरिएको कुरा यहाँहरुलाई अवगत नै छ ।
विराज शिक्षा पुरस्कार, विराज जेष्ठ नागरिक सम्मान तथा न्यानो कपडा प्रदान
विराज समाजले हरेक वर्ष विराज शिक्षा पुरस्कार तथा विराज जेष्ठ नगारिक सम्मान प्रदान गर्ने कार्यक्रम अनुसार २०७३ सालमा आयोजना गरिएको कायक्रममा क्यारिसिमो इभि जर्मनी नामक संस्थाले विराज क्षेत्रका विधार्थी भाई बहिनीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्य योजनानुसार न्यानो कपडा समेत सयुक्त रुपमा उक्त आयोजित कार्यक्रमा वितरण गरिएको थियो । विराज भ्रमण २०७३ मा विराज समाजका सल्लाहकार प्रा पुरुषोत्तम दाहाल, अधिवक्ता केशवप्रसाद दाहाल, किरणबहादुर मगर, हर्कबहादुर मगर, विराज समाजका अध्यक्ष रामप्रसाद दाहाल, शान्ता फाउण्डेशनका अध्यक्ष शान्ता पोखरेल दाहाल, समाजका निवर्तमान अध्यक्ष तथा विराज कप भलिबल प्रतियोगिताका संयोजक दिनेशकुमार मगर, भलिबल प्रतियोगिता संयोजनमा प्रमुख जिम्मेवारी बहन गर्ने समाजका आजीवन सदस्य हरिप्रसाद दाहाल, समाजका सचिव राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कट्वाल, सहसचिव ताराबहादुर राई, सदस्य प्रकाश मगर, सदस्य गोपीकृष्ण दाहाल, ललित मगर, समाजका आजिवन सदस्य अनुसा दाहाल, उडुषा श्रेष्ठ, सदस्य गोविन्द दाहाल, राजु दाहाल, गीता दाहाल, सन्तोषी पाठक, सुसिला पौडेल, प्रकाश सर्मा, कमल दाहाल, केशव दाहाल, पिताम्वर दाहाल (दीपक) लगायतले १० दिन विराज क्षेत्रको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा स्थानीयहरुले भ्रमण टोलीका सदस्यलाई फूलमाला, खादा, अबीर लगाएर न्यानो स्वागत गरेका थिए । भ्रमणका क्रममा आयोजित कार्यक्रमहरुमा स्थानीय लोकसंस्कृती झल्किने झाँकी तथा नृत्यहरु समेत प्रस्तुत गरिएका थिए । हामीहरुलाई आथित्यता दिई स्वागत गर्नुहुने तथा भम्रण टोलीमा सहभागी हुने सम्पूर्ण माहानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछु ।
भ्रमणका क्रममा साविक विगुटार गाविस हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ सर्सेपुमा निर्माणाधीन सामुदायिक भवनका लागि विराज समाजका तर्फबाट रु ५१ हजार आर्थिक सहयोग प्रदान गरिएको कुरा समेत यहाँहरुलाई अवगत गराउन चाहान्छु ।
विराज शिक्षा पुरस्कार
विराज क्षेत्रमा सञ्चालित माध्यमिक विद्यालयहरु, विगुटार माध्यमिक विद्यालय विगुटार, जन्तरखानी मा वि जन्तरखानी, नवज्योती मा वि मैदाने जन्तरखानी, र रागादीप माध्यमिक विद्यालय राँगादीप रहेका छन । ती ४ वटा माध्यमिक विद्यालयहरु मध्येबाट हरेक वर्षको एस इ इ परीक्षामा उत्कृष्ट हुने एक जना विद्यार्थीलाइ नगद रु ५००१÷– अक्षरेपी पाच हजार १ रुपैंया सहितको विराज सर्वोत्कृष्ट शिक्षा पुरस्कार प्रदान गरिने वार्षिक कार्यक्रम अन्तर्गत २०७३ सालमा छनौटमा परेकी नवज्योती मा वि मैदाने जन्तरखानीकी उत्कृष्ट छात्रा रेजिना मगर पुरस्कृत भएकी थिइन । विराज क्षेत्रका हरेक विद्यालयबाट एस ई ई परीक्षामा उत्कष्ृट ग्रेड ल्याई उत्र्तीण हुने विद्यार्थीलाई नगद रु ३००१÷– अक्षरेपी तीन हजार एक रुपैंया“ शिक्षा पुरस्कार प्रदान गरिने कार्यक्रम अन्तरगत यस वर्ष जन्तरखानी मा वि जन्तरखानीबाट सुश्री संजिता मगर, विगुटार मा वि विगुटारबाट कृष्टिना कार्की, रागादीप मा वि राँगादीपबाट यमुना राई पुरस्कृत भएका थिए । पुरस्कृत सबै छात्राहरु प्रति विराज समाज हार्दिक बधाई तथा उनीहरुको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछ ।
विराज जेष्ठ नागरिक सम्मान
विराज समाजले विगत वर्षहरुमा झै यस वर्ष पनि विराज जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना ग¥यो । विगुटार, रागादीप र जन्तरखानी गा वि स का एक एक जना जेष्ठ पुरुष र जेष्ठ महिलालाई नगद रु ३००१÷– अक्षरेपी तीन हजार एक सहित दोसल्ला ओडाएर, सम्मान पत्र सहित सम्मान गरिने संस्थाको कार्यक्रमनुसार यस वर्ष विगुटार गा वि स का जेष्ठ पुरुष बलबहादुर श्रेष्ठ र जेष्ठ महिला कालीमाया तामाङ, रागादीप गा वि स का जेष्ठ पुरुष चम्मरसिंह राई, जेष्ठ महिला चन्द्रमाया मगर र जन्तरखानीका जेष्ठ पुरुष मानबहादुर थापा मगर, जेष्ठ महिला कृष्णमाया मगर सम्मानीत हुनु भएको थियो । सम्मानित जेष्ठ नागरिकलाई नुवाकोट घर भई हाल ठमेलमा व्यवसाय गर्ने सिताराम रिजालले न्यानो टोपी उपलब्ध गराउनु भएकोमा उहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
विराज कप भलिबल प्रतियोगिता, २०७३
समाजका आजिवन सदस्य हरिप्रसाद दाहालको परिकल्पनामा यस संस्थाद्धारा विराज कप भलिबल प्रतियोगिता सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगामा आयोजना गरिएको थियो । विराज कप भलिबल प्रतियोगिता आयोजना समितिमा संयोजक दिनेशकुमार मगर र सदस्यहरुमा हरिप्रसाद दाहाल, सुशीला पौडेल, राजेन्द्रप्रसाद दाहाल, प्रकाश शर्मा, ताराबहादुर राई, नरबहादुर कट्वाल, रहनु भएको थियो । भलिबल प्रतियोगिता पौष ११ गते देखि १३ गते सम्म सञ्चालन भएको थियो । भलिबल प्रतियोगिता ओखलढुंगाका तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र प्रहरी उपरिक्षक मिलन केसीले संयुक्त रुपमा उद्घाट्न गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिम सहभागी भएका थिए । विराज कप भलिबल प्रतियोगितामा ठाडे युवा समुह जन्तरखानी ओखलढुंगा प्रथम, गैंया“ देवी युवा समुह, बनभाडे सोलुखुम्बु दोस्रो र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ सोलुखुम्बु तृतीय भएका थिए । त्यसै गरी प्रतियोगितामा गैयाँ देवी युवा समुह बनभाडे सोलुखुम्बुका टिम क्याप्टेन राम खड्का उत्कृष्ट खेलाडी चयन भएका थिए । विजेता टिमलाई विराज कप भलिबल समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ पत्रकार, मानव अधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहालले नगद पुरस्कार, प्रमाण पत्र, मेडल तथा कप प्रदान गर्नुभएको थियो । नगद पुरस्कार राशी पहिलो रु २५ हजार, दोस्रो रु १५ हजार र तेस्रो रु १० हजार रहेको थियो । विराज कप भलिबल प्रतियोगिताको आयोजना विराज समाज र जलदेवी समाजसेवी युवा क्लब जन्तरखानी ओखलढुंगाले गरेका हुन । भलिबल प्रतियोगिता सफलतापूर्वक आयोजना गर्ने संयोजन समिति र आर्थिक सहयोग गर्नु हुने सबै महानुभाव प्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।
विराज क्षेत्रमा न्यानो कपडा वितरण
समाजका कार्य समिति सदस्य तथा क्यारिसिमो इभी जर्मनीका नेपाल च्याप्टरका निर्देशक गोपीकृष्ण दाहालको पहलबाट प्राप्त भएको न्यानो कपडा विराज क्षेत्रका नौ वटा विद्यालयका ८५० विधार्थीहरुलाई वितरण गरिएको थियो । जाडोको समयमा न्यानो कपडा प्राप्त गरेका विधार्थी भाईबहिनीहरु खुसी भई शिक्षा आर्जनमा थप प्रेरणा मिलेको कुरा महसुस गरिएको छ । करिव १५ लाख लागत बराबरको न्यानो कपडा उपलब्ध गराउने क्यारिसिमो इभी संस्था र सो संस्थाबाट कार्यक्रममा प्रतिनिधित्व गर्ने मार्टिन थुम तथा क्यारिसिमो इभी संस्थाका नेपालका निर्देशक गोपीकृष्ण दाहाललाई धन्यवाद दिन चाहन्छु । क्यरीसिमो इभी जर्मनी र विराज समाजको समाज सेवा गर्ने समान उदेश्य रहे बमोजिम सहकार्य गर्न आपसी सदभाव एवं सम्बन्ध विस्तार गर्ने क्रममा क्यारिसिमो इभी संस्थाका अध्यक्ष रोजी स्रोएटर तथा वोर्ड समितिका पदाधिकारीहरु धन स्रोएटर, स्भेनिया कोस्टर नेपाल आएका समयमा विराज समाजले कार्यक्रम आयोजना गरी स्वागत गरेको थियो । उहाँहरुको टिमले विराज क्षेत्रको भम्रण गरेको कुरा समेत यहाँहरुलाई जानकारी गराउन चाहन्छु । उहाँहरुको शिक्षा प्रतिको रुचीका कारण विराज क्षेत्रका गरिव तथा जेहेन्दार विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने प्रयोजनका निमित्त विराज समाजलाई रु १० लाख प्रदान गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको कुरा सहर्ष जानकारी गराउन चाहन्छु ।
विराज पिटर कोष
विराज समाजले स्थापना गरेको विराज पिटर कोषमास्थापना समय देखि विराज समाजलाई अनवरत सहयोग गर्नु हुने समाजका सल्लाहकार तथा शिष्टाचार अभियान नेपालका अध्यक्ष समाजसेवी सुमन दाहालले रु १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ ) विराज समाजलाई प्रदान गर्नु भएको छ । कोष स्थापना समयको रु ४० हजार र सुमन दाहालले प्रदान गर्नुभएको उक्त रकम समेत गरी कोषमा रु १,४१,१११ (एक लाख एक चालिस हजार एक सय एघार ) रहेकोमा सो कोषमा रु २ लाख पु¥याउने मेरो चाहना अनुसार मैले रु ६० हजार प्रदान गर्ने निर्णय गरेको कुरा यस सभामा जानकारी गराँउदछु ।
विराज समाजका सल्लाहकार सुमन दाहालप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु । समाजका आजीवन सदस्य हरिहर दाहालको विशेष आग्रहमा स्थापना भएको विराज पिटरको कोष संचालन, कोष संचालन कार्यविधिको अधिनमा रही विराज क्षेत्रको शैक्षिक उन्नयन तथा विकासमा यस कोषको व्याज आम्दानीबाट प्राप्त हुने रकम खर्च गरिनेछ ।
विराज सम्मान २०७४
समाजसेवामा विशेष योगदान पु¥याउने विराज क्षेत्रका एक व्यक्तित्वलाई सम्मान गर्ने संस्थाको कार्यक्रम अनुसार समाजको छनौट समितिको सिफारिस बमोजिम यस वर्ष समाजसेवी तथा शिक्षाप्रेमी किरणबहादुर मगर छनौट हुनु भएको छ । जन्तरखानीमा यस संस्थाबाट गएको भ्रमण टोलीलिाई गर्नु भएको आतिथ्यता तथा कार्यक्रम सञ्चालन गर्नु भएको उच्च योगदानको स्मरण गर्दै यो सम्मान आगामी दिनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने कुरा जानकारी गराउन चाहन्छु ।
जन्तरखानीमा आयोजना गरिएको विराज कप भलिबल प्रतियोगिता सञ्चालनमा विशेष योगदान तथा सहयोग गर्ने व्यत्तित्वहरुलाई यसै कार्यक्रममा सम्मान गर्ने योजना रहेको छ । यस अवसरमा भलिबल प्रतियोगिता आयोजनामा विशेष भूमिका निर्वाह गर्ने समाजका निवर्तमान अध्यक्ष श्री दिनेशकुमार मगर, राजेन्द्र प्रसाद दाहाल, हरिप्रसाद दाहाल, नारायण सापकोटा, शुसीला पौडेललाई विषेश धन्यवाद दिन चाहन्छु ।
आदरणीय महानुभावहरु
अव म संस्थाका भावी योजना, कार्यक्रम तथा बजेट सम्बन्धमा संक्षिप्त दृष्टिकोण राख्न चाहन्छु ।
कुनै पनि कार्यक्रम संचालन गर्न सोच, पूँजी तथा जनशक्ति आवश्यता पर्ने भएको हुदा सामाजिक क्षेत्रका कार्यहरु गर्न तत्परता, प्रतिवद्धता र इच्छाशक्तिको जरुरत हुन्छ । उपलब्ध भएका स्रोतसाधनहरुलाई मध्यनजर गरी यस चालु आ.व.मा निम्नअनुसारका भावी योजनाहरु प्रस्तावित गरेको छु ।
भावी योजनाहरु
१. विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने
२ विराज क्षेत्र भ्रमणलाई निरन्तरता दिने
३. विराज विशेष सम्मान २०७४ प्रदान गर्ने
४. विराज वनभोज कार्यक्रम आयोजना गर्ने
५ विराज तीज विशेष सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने,
६. विराज कल्याणकारी कोषको कार्यविधि तयार गर्ने
७. विराज क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि विशेष पहल गर्ने
८. विराज क्षेत्रका विपन्न वर्गका कृषकहरुलाई आयआर्जन अभिवृद्धीका लागि शीपमूलक कार्यक्रम संचालन गर्ने
९. कला, संस्कृती र साहित्य क्षेत्रको विकासका लागि स्रष्टा सम्मानका कार्यक्रम थालनी गर्ने
१०. क्यारिसिमो इभी जर्मनी संस्थासंग समन्वय गरी विराज क्षेत्रमा समाजसेवाका कार्यक्रम संचालन गर्न पहल गर्ने
११. विराज रक्तदान कार्यक्रम आयोजना गर्ने
१२ विराज स्मारिका प्रकाशन गर्ने
१३. विराज कप प्रतियोगितालाई निरन्तरता दिने
१४. स्वास्थ्य शिविर संचालन गर्ने
१५. स्रोत अभिवृद्धि गर्ने कार्यक्रम तय गरी सञ्चालन गर्ने ।
उल्लेखित कार्यक्रम संचालन गर्न यहाँहरुको समेत अंहम भूमिका रहने कुरा स्मरण गराउन चाहन्छु ।
अनुमानित आय , व्याय
आय
१. बैकबाट प्राप्त व्याज रु ३५,०००।–
२. सदस्यता शुल्क तथा नविकरण रु १०,०००।–
४. आजीवन सदस्यता शुल्क रु १,००,०००।–
५. दाताबाट सहयोग रु १५,००,०००।–
६. विज्ञापन रु १,५०,०००।–
७. स्मारिका बिक्री रु २०,०००।–
कुल आय रु १८,१५,०००
व्यय
१ लेखा परीक्षण शुल्क रु १०,०००।–
२.साधारण सभा खर्च रु १५,०००।–
३.संस्था नविकरण शुल्क रु २०,०००।–
४.अथिति सत्कार खर्च रु ५,०००।–
६.विराज क्षेत्रमा कार्यक्रम खर्च रु ६०,०००।–
७ मसलन्द तथा स्मारिका छपाई खर्च रु १,००,०००।–
८.टिकट तथा टेलिफोन खर्च रु ५,०००।–
९ विराज कोष स्थापना रु १२,००,०००।–
१० यातायात खर्च रु १०,००० ।–
११ रक्तदान कार्यक्रम खर्च रु २०,००० ।
१३. तीज कार्यक्रम रु ५०,०००
१४ विविध खर्च रु ५,०००।–
१५ खेलकुद रु १,००,०००
कुल खर्च रु १६,००,००० ।–
माथी प्रस्ताव गरिएका निति, कार्यक्रम तथा संस्थाको लेखा परीक्षण प्रनिवेदन पारित गरि विराज समाजलाई संस्थागत रुपमा अगाडी बढाउका सहयोग गरि दिनु साधारण सभा समक्ष हार्दिक अनुरोध गर्दछु ।
समाजमा हालसम्म ९९ जना महानुभावहरु आजीवन सदस्य रहनुभएको कुरा जानकारी गराउदछु । आजीवन सदस्य संख्या बढाउन यहाहरुको महतवपूर्ण भूमीका रहने छ । अन्त्यमा, आजको साधाणसभामा उपस्थित अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, सञ्चारकर्मी साथीहरु र संस्थाका सवै शुभेच्छुक महानुभावहरुलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद । जय विराज समाज
रामप्रसाद दाहाल
अध्यक्ष
२०७४ भाद्र ०३ गते शनिबार