१.सानु सानु झुम्के रुमाल
सानु सानु झुम्के रुमाल कुरुसाले बुन्नुहोस
एउटा गीत गाउँछौ हामले सबले सुन्नुहोस
छोरीलाई हेप्न खोज्न अन्धविश्वास धारणा
कस्ले देला छोरीलाई बाच्ने प्रेरणा
दाजुभाई स्कुल जाने घडी बाँधी हातमा
म अभागी छोरी एक्लै रुन्छु रातमा
छोरा भए हुनेरैछ सधैं बाउको काखमा
म अभागी चेली सधै आशु आखाँमा
पराई घरको टनटन कत्रो खटन गर्छिन बजैले
माइत जान पाए म त खान्थे मजैले
सानु सानु झुम्के रुमाल कुरुसले धुने हो
पराई घरको दुःख कति सम्झी रुने हो
तल परयो पोक्तिङ खोला माथि परयो विउटार गाउँ
यो अभागी छोी म कस्को घर जाउँ
चेतनाको दियो बाल्दै जाउ है गाउँ शहर
कम्मर भाँची छमछम नाच्ने लाग्यो रहर
हाम्रो देशको राजनीति कस्ले अब चलाउने
दाइजो थोरै ल्याइ भने बुहारी जलाउने
बजारैमा किन्नुपर्ने धागाको लरिलै
तिजको रहर आयो बरिलै ।
२. रेलिमै
जान्न घर रेलिमै नलाउन कर त्यो घरको रेलिमै सम्झनै नगर
यो खोला र रेलिमै त्यो खोला जोडिदा कस्ते होला रेलिमै माइती घर छोडिदा
अकाशैमा रेलिमै तिनतारा तिरभयो मै बसेको रेलिमै सबैलाई पिर भयो
यो मानको रेलिमै पिरको भारी काँ पो होला रेलिमै बिसाउने चौतारी
छमछम रेलिमै नाचिदेउ धन बैरागीको रेलिमै बुझाइदेउ यो मन
स्वामी ज्यूले रेलिमै रक्सी खाइ सताउछन जाजा भन्दै रेलिमै माइत पो पठाउछन
खान्न भन्थे रेलिमै करेली अचार जान्न भन्थे रेलिमै के लाग्दो रछर
रातो धागो रेलिमै फिरिररु चङगामा जान्न घर रेलिमै फाल हाल्छु गंगामा
यो मनको रेलिमै पिरको भारी काँ पो होला रेलिमै बिसाउने चौतारी
बगैचामा रेलिमै फुल मैले सारिन माइत बसी रेलिमै गाल मैले पारिन
मुला काटी रेलिमै थालैमा चक्कना सम्झी ल्याउदा रेलिमै मुटुमै भक्काना
३. माइतै रमाइलो हो कि
(माइतै रमाइलो होकि घरै रमाइलो ) २ चरी भरर
(बाबाजुका धौले घर माइतै रमाइलो)२
बैनी ः उक्कालीको ठाडो बाटो छाता टेकीटेकी
आउनुुस दाजु मेरो घर बाटो देखिदेखि
दाइ ः संसारको रित बुझि काटतै गर दिन
यसपालिको तीजमा बैनी आउछौं होला लिन
माइतै…………………………………………………
बैनी ः उक्कालीको ठाडो रायो गाइले भाँचि खायो
माइत बस्ने मै चेलीलाई दाइले बचन लायो
दाई ः बचन लाको हैन बैनी जानुपर्छ घरमा
सधैभरी बस्नुहुन्न माइतीकै भरमा
माइतै ……………………….
बैनी ः बर्षै दिनमा तीज आयो गाउँ शहरभरि
साथी संगी नाच्छन गाउछन सोह्र श्रृंगार गरी
दाजु ः सधैभरी हर्षै हर्ष यो तिजको बेला
दु्ख सुख सबै बाड्ने हो यो ठूलो मेला
माइतै …………………………….
बैनी ः दुइचार घडी रात छँदै उठाउछिन सासु
ढिकी जातो लिपपोत गर्दा झर्छन मेरा आशु
दाजु ः आफु पनि एकदिन बैनी हुनुपर्छ सासु
काम लाइन धेरै भनी नझार है आँशु
माइतै ……………………………………..
बैनी ः आफना बुढा सद्दे छैनन खेल्छन जुवातास
धेरै वर्ष बाँचु जस्तो छैन मलाई आश
दाजु ः जाँड रक्सी नखाउ स्वामी भनेर कराउनु
राम्रो कुरा भन्न बैनी पर्दैन डराउनु
माइतै ……………………………………..
बैनी ः सिम खेतलाई सिमको पानी टारी खेतलाइै कुलो
चेलीलाई सधै लाग्ने आफनै माइती ठूलो
दाजु ः यै भनेर भाउजुहरु हिजै गए माइत
चारै बजे उठि हिडे केलाई चाहियो साइत
माइतै ……………………..
४. सरर विउटार डुलेर (तिज गीत)
वर्षै दिनमा आउछौं है माइत माइत आउन हेर्दैर्नौ साइत
सरर विउटार डुलेर बस्छौ घरैमा माइतीको माया भुलेर
आमा आमा म एउटी छोरीलाई दियौं दुख जिन्दगी भरीलाइै
सरर………………………
माइती सम्झी रोइरन्छ मन मेरो कत्ति सम्झौं वर्खेको पधेरो
सरर…………………..
खाइ त नखाइ पालेको आमाले जुनी वित्यो अर्कैको कामले
सरर………………………………………..
दुइ दिन बस्यो माइतीको गाउँमा जानै पर्ने विरानो ठाउँमा
सरर………………………………….
गैराबारी धान खायो सुगाले कान्छी आमा ल्याउनु बुबाले
सरर………………………………………………
ढलपल ढलपल आँखामा आशु दुःख पर्दा कसरी म हाँसु
सरर……………………