ओखलढुंगामा विराज समाजले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
विराज समाजले ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं। ८ रागाँदीप विल्दुको विन्दावासिनी आधारभूत विद्यालय र सेप्लीको छागा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।
न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले विराज समाजले गरेका सामाजिक तथा मानवीय कार्यक्रमहरुको उच्च सम्मान गर्दै आफ्नो गाउँपालिकाको विकट ठाउँका विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद समेत दिनु भयो । विराज समाजले गरेका कार्यहरुको चर्चा गर्दै राईले आगामी दिनमा पनि अन्य विकट विद्यालयका विद्यार्थीहरुको शिक्षामा सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।
विराज समाजका अध्यक्ष रामप्रसाद दाहालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गर्न पाउदा खसी प्रकर्ट गदै न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गर्न विशेष सहयोग गर्नुहुने समाजसेवी ओम खत्री, रमिला श्रेष्ठ, सिताराम रिजाल , दुर्गाबहादुर खत्री र दिनेश थपलियालाई धन्यवाद दिनु भयो । अध्यक्ष दाहालले विराज समाजले संचालन गर्दै आएका कार्यक्रमहरुलाई सहयोग गर्नु हुने सबैमा अभार समेत प्रकट गर्नु भयो ।
विराज समाजका कानूनी सल्लाहकार अभिवक्ता केशव दाहालले समाजले गर्दै आएका कार्यहरुको चर्चा गर्दै समाजको कार्यनीति अनुरुपमा न्यानो कपडा र शैक्षिक सामाग्री लिएर विल्दुसम्म आएको बताउनु भयो । समाजका कोषाध्यक्ष एवंम न्यानो कपडा तथा शैक्षिक वितरण कार्यक्रमका संयोजक नरबहादुर कटवालले कार्यक्रममाथी प्रकाश पार्नुभएको थियो । विन्दावासनी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम तामाङले विराज समाजले आफ्नो विद्यालयसम्म आएर विद्यार्थीहरुलाई न्यानो कपडा र क्षैक्षिक सामाग्री वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
समाजका सचिव राजेन्द्रप्रसाद दाहाल, सहसचिव ताराबहादुर राई लागायतले कार्यक्रममा मनतव्य राख्नु भएको थियो भने विद्यालयका प्र।अ।हरिप्रसाद दाहालले स्वागत गर्नुभएको थियो । न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रमको संचालन शिक्षक सुवोध सापकोटाले भएको थियो ।
कार्यक्रममा न्यानो कपडा र शैक्षिक सामाग्री लिएर काडमाण्डौबाट ओखलढुंगा पुग्नुहुने ट्याक्सनटुर प्रालिका प्रबन्धक निर्देशक समाजसेवी ओमहादुर खत्री स्थानीयले भव्य स्वागत गरेको थिए । कार्यक्रममा विराज समाजका आजीवन सदस्य शोभा पन्थी ,शिक्षक भीम पौडल,पिताम्बर दाहाल ,सुमन थापा लगायतको उस्थिती रहेको थियो ।