ओखलढुङ्गामा जन्मेर काठमाण्डाँैमा बसोबास गर्ने समाजका विशिष्ट महानुभावहरुकोसत्प्रयासबाट जन्मभूमिप्रति सामाजिक सेवाभावले केही योगदान गर्ने उदेश्यले स्थापित विराजसमाजको १५ औं वार्षिक उत्सव मनाउन लागेकोथाहा पाउँदा मलाई ज्यादै खुसी लागेको छ ।
ओखलढुङ्गामा जन्मेर काठमाण्डाँैमा बसोबास गर्ने समाजका विशिष्ट महानुभावहरुकोसत्प्रयासबाट जन्मभूमिप्रति सामाजिक सेवाभावले केही योगदान गर्ने उदेश्यले स्थापित विराजसमाजको १५ औं वार्षिक उत्सव मनाउन लागेकोथाहा पाउँदा मलाई ज्यादै खुसी लागेको छ ।
विराज समाजको १५ औं वार्षिक साधारण सभा , विराज सम्मान समर्पण , तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रमका सभापति विराज समाजका अध्यक्ष श्री रामप्रसाद दाहालज्यू, प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख सम्माननीय पुष्पा भुसालज्यू, विशिष्ठ अतिथि पूर्वरक्षामन्त्री माननीय भिमसेनदास प्रधानज्यू, ओखलढुंगाबाट प्रतिनिधि सभाका सदस्य माननीय सांसद यज्ञराज सुनुवारज्यू, संविधान सभाका सदस्य पूर्व माननीय रामहरि खतिवडाज्यू, जिल्ला […]
समाजिका संस्था क्यारिसिमो इ.भी. म्युनिक जर्मनी ले यस वर्ष पनि विराज समाजको माध्यमबाट ओखलढुंगा जिल्लाका विकट गाउँ विगुटार, रागाँदीप र जन्तरखानीका नौ वटा विद्यालयका एक हजार ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विराज समाजले हरेक वर्ष आयोजना गर्ने विराज क्षेत्र भम्रण कार्यक्रममा विराज जेष्ठ नागरिक सम्मान तथा विराज शिक्षा पुरस्कार तथा न्यानो कपडा वितरण कार्यक्रम पौष २३ गते देखि पौष २७ गते सम्म गरेको थियो ।
गजब कार्यक्रम!!महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९अौँ जन्मजयन्ती,पुरुषोत्तम दाहालको “शान्ता”उपन्यासको अङ्ग्रेजी अनुवादको पहिलो संस्करणको विमोचन,विराज नामक संस्था सम्बर्धनार्थ द्यौसीभैलो अन्तर्गत विविध सास्कृतिक कार्यक्रमका अतिरिक्त निश्चित कविद्वारा कविता वाचन जम्मैको मिश्रित स्वरूप नै यसको विशेषता रह्यो।केशव दाहाल र गान्धर्भराज पौडेलको उद्घोषण,शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख अातिथ्य ,अनगिन्ती सबै क्षेत्रका व्यक्तित्वको अातिथ्य रहे पनि गजब त एकजना प्रमुख अतिथि […]
विराज समाजले आगोमा जलेर सक्तघाइते १० वर्षका बालक रोशन सापकोटाको उपचारका लागि रु २१ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।कान्ति बाल अस्पतालमा उपचारका लागि केही दिन अघि भर्ना गरिएका रोशन र उनकी आमा रेणुका सापकोटालाई भेटी पूर्वसाँसद तथा विराज समाजका आजीवन सदस्य रामहरि खतिवडा , समाजका अध्यक्ष रामप्रसाद दाहाल र निर्वतमान अध्यक्ष दिनेश कुमार […]
विरेन्द्र पुस्ताकालय चावहिल तथा पूर्व स्वास्थ्यमन्त्री माननीय गगन कुमार थापाज्यूले मङ्सिर महिनाको पहिलो न्यानो विहानीमा बिराज बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गर्नु भएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।
वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले लेख्नु भएका पुस्तकहरू राष्ट्रकविलाई प्रदान । विराज समाजका निर्वतमान अध्यक्ष दिनेश कुमार मगरले राष्ट्रकविलाई खादाले सम्मान ।
विराज समाजले करेन्ट लागेर दुवै हात एउटा खुट्टा गुमाएका हरिकाजी ढुंगाना, दुवै हात गुमाएकी मेघा घिमिरे र अनुहारमा तेलले पोलेर अशक्त चार वर्षे बालक शिशिर खड्काको थप उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेकोछ ।सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटार , ओखलढुंगा जन्मी हाल लण्डनमा बसोबास गर्नु समाजसेवी गीता गुरुङले संकलन गर्नु भएको तीन लाख छ […]
विराज समाज र ओम समाज डेन्टल हस्पिटल चावहिलको आयोजना भव्यता पूर्वक सम्पन्न भएको निशुल्क प्रथामिक उपचार तालिम कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ । आगामी दिनमा पनि विराज समाजले आयोजना गर्ने सामाजिक हित तथा मानवीय सेवाका कार्यक्रमहरुमा यहाँको अमूल्य सहयोग रहने भन्ने विस्वास लिएका छौं । रामप्रसाद दाहाल अध्यक्ष तथा […]
ओखलढुंगामा विराज समाज,सिद्धचरण नगरपालिका र सिद्धचरण नगरपालिका वडा नं. ७ विगुटारले अमेरिकन नागरिक डा.पिटर होज प्रिण्डलाई सम्मानित गरेको छ ।मानवशास्त्र÷समाजशास्त्र विषयमा विद्यावारिधिको शोधको सिलसिलामा ओखलढुङ्गा जिल्लाको बिगुटारमा सन् १९७०–१९७२ सालसम्म बसेका पिटरले शोध पूरा गरेर गएपछि पनि विगुटार गाउँको दयनीय स्थिति देखेर करिब दुई सय विद्यार्थीहरुलाई उच्चशिक्षा अध्ययनका लागि आर्थिक सहयोग प्रदानगर्दै आउनु भएको छ […]
हार्दिक धन्यवाद विराज समाजले यही मिति २०७६ मंसिर २२ गते मोलुङ गाउँपलिका वडा नं. ८ स्थित विन्दवासिनी आधारभुत विद्यालय विल्दु, रागाँदीप , ओखलढुंगाका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्ने कार्यक्रममा नुवाकोट घर भई हाल ठमेल,काठमाण्डौमा व्यवसाय गर्नुहुने समाजसेवी श्री दिनेश थपलियाज्यू र श्री राधे राधेज्यूले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गर्न विशेष सहयोग गर्नु भएकोमा उहाँहरुलाई हार्दिक […]
यस विराज समाजका अध्यक्ष श्री रामप्रसाद दाहालज्यू तथा आजीवन सदस्य श्री विमला दाहालज्यूले गोकर्णेश्वर नगरपालिका ८, वेसीगाउँ, काठमाण्डौको सहयोगी समाजमा रहनुभएका १३ जना असाहाय बाल बालिकाहरुलाई न्यानो कपडा प्रदान गर्नु भएकोमा विराज समाज उहाँहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछ । सहयोगी समाज परिवार तथा सहयोगी समाजमा रहनुभएका बाल बालिकाहरुको उज्जवल भविश्यको पनि कामना छ […]
ओम समाज डेन्टल हस्पिटल चावहिल,काठमाण्डौले यस वर्षको ओम समाज डेन्टल सामाजिक सम्मान विराज समाजलाई प्रदान गरेकोमा ओम समाज डेन्टल हस्पिटल परिवार तथा सो संस्थाका अध्यक्ष डा. सुवास घिमिरेज्यू प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं । रामप्रसाद दाहाल अध्यक्ष तथा विराज समाज परिवार
नुवाकोट , चतुराले घर भई हाल ठमेलमा व्यवसाय गर्नु हुने श्रीकृष्ण थपलियाज्यूले विराज समाजले हरेक वर्ष प्रदान गर्ने जेष्ठ नागरिक सम्मानका लागि न्यानो टोपी विराज समाजका कोषाध्यक्ष श्री नरबहादुर कटवालज्यू मार्फत प्रदान गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । रामप्रसाद दाहाल अध्यक्ष
काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज समाज तथा सामाजिक अभियन्ताहरुको अगुवाइमा आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा शुरु गरिएको हो
मेरो गाउँ मेरो ठाउँमीना नेपालविगुटार –७, ओखल्ढुङ्गातारेभिरका लट्टा खस्रु लट्टै परे अरे ।जंगल गाका भेडी पनि गाउँमै झरे अरे ।।सुन्तरे र पल्लो खोलो सबलाई सोध्छन् अरे ।घाँस विसाउने चौतारीले हामलाई खेज्छन् अरे ।।भन्छ अरे बुकी फुलले सबै शहर पसे ।आफ्नो गाउँलाइ बिर्सिकन उतैतिर बसे ।।गाउँ पनि गर्जिन्छ रे छैनन् भनि कोइ ।वनमा फुल्ने लालीगुराँस बस्याछन् […]
मेरो राष्ट्र हुन्छसदानन्द सापकोटाविगुटार –७हाल कपन, मिलनचोक काठमाण्डौ कुनै भावको गहिराइमाआएका होइनन् मेरा भावनाहरुजुनमा म स्वर्ग भन्दा सुन्दर मेरो देश देख्छुमेरो भाव पनि हुन मेरे देशकै लागिलगामको सिक्रिले कसिदै गर्दावरु भावनाको रगतबाट निकाल्नेछआगोको ज्वालाआफ्नै आफन्तको मृत्यु पनि सहज बन्नेछतर, राष्ट्रमाथी हुरी बिझ्नु सहज बन्ने छैनमेरो राष्ट्र भन्दा माया छैन मलाई आफै (म) पनिमेरो शरीर होस […]
कतिसालको कुरा हो मलाई राम्रो सम्झना पनि छैन । ओखल्ढुङ्गाबाट काइँला काका झार्लाङटार हामीलाई भेट्न आउनु भएको थियो ।त्यस बेला बा यजमाने काममा सारै नै व्यस्त रहनुहुन्थ्यो । घरमा बा नभएपछि म आमाले भनेको नमानेर गाउँका दौंतरीसँग खेल्न दिनभरि नै खोलो, खेत र जङ्गलतिर जान्थें । ती दिन असाध्य नै महŒवपूर्ण दिन थिए । मैले […]