विराज समाजको १५ औं वार्षिक साधारण सभा , विराज सम्मान समर्पण , तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रमका सभापति विराज समाजका अध्यक्ष श्री रामप्रसाद दाहालज्यू, प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख सम्माननीय पुष्पा भुसालज्यू, विशिष्ठ अतिथि पूर्वरक्षामन्त्री माननीय भिमसेनदास प्रधानज्यू, ओखलढुंगाबाट प्रतिनिधि सभाका सदस्य माननीय सांसद यज्ञराज सुनुवारज्यू, संविधान सभाका सदस्य पूर्व माननीय रामहरि खतिवडाज्यू, जिल्ला समन्वय समिति ओखलढुंगाका नवनिर्वाचित प्रमुख श्री डिल्लीराम खनालज्यू, सिद्धिचरण नगरपालिका प्रमुख श्री तेजेन्द्र खनालज्यू, मोलुङ गाउँपालिका अध्यक्ष श्री उत्तम राईज्यू, सम्र्पूण अथितिज्यूहरु, आज सम्मानित हुनुहुने महानुभावज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
प्रारम्भमा ओखलढुंगाका विकट गाउँ विगुटार, राँगादीप र जन्तरखानीलाई कार्यक्षेत्र बनाई स्थापना भए पनि यस विराज समाजको कार्य क्षेत्र विस्तार भई ओखलढुंगा जिल्ला हुँदै राष्ट्रिय स्तरमा समेत सामाजिक तथा मानवीय हितका कार्यहरु गर्दै आएको छ । त्यसैले धेरै जिल्लाका विशिष्ट महानुभावहरुले समाजको सदस्यता ग्रहण गर्नु भएको छ । समाजको १५ औं वार्षिक उत्सवको यात्रा तय गर्न सफल हुनुमा यहाँहरुको सद्भाव र स्नेह नै हो । नेपालका प्रथम राष्ट्रपति सम्मानीय डा.रामबरण यादवज्यूले समेत विराज समाजको उन्नती र प्रगतिको कामना गर्दै शुभकामना सन्देश पठाउनु भएकोछ । न्यानो स्नेहका लागि नेपालका प्रथम राष्ट्रपति सम्मानीय डा.रामबरण यादवज्यूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं ।
कोभिड १९ को विषम अवस्थामा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरेज्यू, सामाजिक अभियन्ता तथा अभिनेता निखिल उप्रेतीज्यू लगायत विशिष्ट महानुभावहरुसँग सहकार्य गर्दै विराज समाजका तर्फबाट मेरो समेत सहभागीतामा निशुल्क एम्बुलेन्स सेवा तथा मेचीमहाकाली मनोसामाजिक परामर्श अभियान समेत संचालन भएको जानकारी गरार्उँछु । विषम परिस्थितिमा निशुल्क एम्बुलेन्स सेवा संचालन र मेचीमहाकाली मनोसामाजिक परामर्श अभियान मार्फत देशका दुर्गम स्थानमा पुगेर भयभित नागरिकको सेवमा अतुलनीय, अविस्मरणीय, प्रसंशा योग्य कार्यगरी राष्ट्रिय रुपमा विशिष्ट योगदान गर्नु हुने डा. सुभाष घिमिरेज्यूलाई विराज सम्मान २०७८ र अभिनेता श्री निखिल उप्रेतीज्यूलाई विराज सम्मान २०७९ अर्पण गर्दै छौं । समाजसेवी ताराबहादुर कुँवरज्यूलाई समाजिक सम्मान र शिक्षासेवी श्री मोहनचन्द्र बाग्लेज्यूलाई पनि शिक्षा सम्मान अर्पण गर्दैछौं ।
गत स्थानीय तहको निर्वाचनमा यस समाजका सदस्यज्यूहरु समेत विजयी हुनु भएको छ । यस समारोहमा समाजका सल्लाहकार श्री उत्तम राईज्यू मोलुङ गाउँपालिकाको अध्यक्षमा, पूर्वकार्य समिति उपाध्यक्ष श्री गजेन्द्र राईज्यू मोलुङ गाउँपालिका वडा नं. ८ को वडा सदस्यमा, आजीवन सदस्यहरु श्री डिल्लीराम खनालज्यू जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा, श्री तेजेन्द्र खनालज्यू सिद्धिचरण नगरपालिकाको प्रमुखमा, श्री मेखबहादुर मगरज्यू सिद्धिचरण नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा तथा श्री भलबहादुर कटवालज्यू सिद्धिचरण नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित हुनु भएकोमा उहाँहरुलाई हार्दिक वधाई तथा शुभकामना सम्मान पत्र अर्पण गर्दैछौं । म उहाँहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना प्रकट गर्दै यस समारोहमा सबै सम्मानित महानुभावहरुलाई हार्दिक स्वागत गर्दछु ।
आज धेरै विशिष्ट महानुभावहरुले समाजको आजीवन सदस्यता ग्रहण गर्दै हुनुहुन्छ । समाजका सम्पूर्ण आजीवन सदस्य महानुभावहरुलाई हृदयदेखि स्वागत गर्दछु ।
यही भाद्र १४ गते नेपाली नारीहरुको महान पर्व हरितालिका तीज मनाउदै छांै । सम्पूर्ण नेपाली नारीहरुलाई तीजको हार्दिक मंगलमय शुभकामना प्रकट गर्दै आजको तीज विशेष कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनीहरुलाई न्यानो स्वागत गर्दछु ।
अन्त्यमा, आजको यो समारोहका प्रमुख अतिथि सम्माननीय श्री पुष्पा भुसालज्यू सहित उपस्थित अतिथिज्यूहरु, सल्लाहकारज्यू, सञ्चारकर्मी साथीहरु र संस्थाका सवै शुभेच्छुक महानुभावहरु तथा उपस्थित समपूर्ण महानुभावहरुलाई पुन स्वागत गर्दछु । स्वागतम् सु स्वागतम् धन्यवाद । जय विराज समाज ।
मिति ः २०७९÷०५÷०४