विराज समाजको १५ औं वार्षिक साधारण सभा , विराज सम्मान समर्पण , तथा विराज तीज विशेष साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख सम्माननीय पुष्पा भुसालज्यू, पूर्व रक्षामन्त्री माननीय भिमसेनदास प्रधानज्यू, प्रतिनिधि सभाका माननीय सांसद यज्ञराज सुनुवारज्यू,संविधान सभाका सदस्य पूर्व माननीय रामहरि खतिवडाज्यू, सम्पूर्ण अथितिज्यूहरु, आज सम्मानित महानुभावज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरुमा हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
आदरणीय महानुभावहरु,
यस समाजले हरेक वर्ष जेष्ठ नागरिक सम्मान, गरीब तथा असहाय बिरामीहरुलाई उपचारमा सहयोग, जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन, समाजमा उल्लेखनीय योगदान गर्ने महानुभावहरुलाई विराज सम्मान तथा शिक्षा प्रतिको रुचि अभिवृद्धी गर्न एवम् असाहाय विधार्थीहरुलाई प्रोत्साहन गर्न खेलकुद लगायत मानवीय तथा सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्दै आएकोछ । मानवीय तथा सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्दै आएकोमा कोभिड १९ का कारण समाजका नियामित केही कार्यक्रमहरु भने स्थगित हुन पुगेका छन् ।
अब म यस संस्थाले संचालन गरेका कार्यक्रमहरुको बारेमा संक्षिप्त रुपमा चर्चा गर्न चाहान्छु ।
१) न्यानो कपडा,शैक्षिक सामाग्री र खाद्यान्न वितरण
विराज समाजले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका ४, जरायटारको जलजलेश्वर गुरुकुल वेद विद्याश्रम मा.वि. र चिशंखुगढी गाउँपालिका ६ भदैरेको बालकन्या आधारभूत विद्यालयमा न्यानो कपडा, शैक्षिक तथा खाद्यान्त सामाग्री वितरण गरेको थियो । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका वडा नं पाँच घोर्लेका विधार्थीहरुले अध्ययन गर्ने चिसापानी नमुना मा.वि.र जनबहुमुखी आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको थियो भने उदयपुरको कटारी नगरपालिका वडा नं. ५ मा विराज समाज र ट्याक्सनटुरले न्यानो कपडा वितरण गरेको थियो । विराज सहयोग कोषको विदेश विभाग संयोजक आशिष दाहाल तथा जल्पना दाहालले विराज समाज मार्फत प्रणवानन्द आश्रम नेपाललाई खाद्यान्न प्रदान गर्नुभएको थियो भने बिराज समाजका सदस्य श्री खुरहरी दाहालले पनि विराज समाज मार्फत ममतामही माता लोकमाया दाहालको चौथौ स्मृति दिबसको दिन जे.पी. प्रतिष्ठान शङ्खरापुर–४, लप्सेफेदि काठमाडौंमा बस्नुहुने आमा–बुवाहरुलाई खाद्यान्न सामाग्री प्रदान गर्नु भएको थियो ।
न्यानो कपडा , शैक्षिक सामाग्री तथा खाद्यान्न विरण कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
२) निशुल्क एम्बुलेन्स सेवा तथा मेचीमहाकाली मनोसामाजिक परामर्श ।
कोभिड १९ को विषम अवस्थमा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुभाष घिमिरेज्यू, अभिनेता निखिल उप्रेती, अभिनेत्री सञ्चिता लुइेटल, हास्यकलाकार केदार घिमिरे माग्ने बुढा, क्याप्टेन विजय लामा, पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लगायत सामाजिक जीवनका विशिष्ट महानुभावहरुसँग सहकार्य गर्दै यस समाजका तर्फबाट निर्वातमान अध्यक्ष श्री दिनेशकुमार मगरज्यूको समेत सहभागीतामा निशुल्क एम्बुलेन्स सेवा तथा मेचीमहाकाली मनोसामाजिक परामर्श अभियान समेत संचालन भएको जानकारी गर्दछु । सो कार्यक्रमका लागि निवर्तमान अध्यक्ष दिनेश कुमार मगरज्यू र समाजसेवी ओमबहादुर खत्रीज्यूले विशेष आर्थिक सहयोग गर्नु भएको थियो । कोभिड १९ को विषम परिस्थितिमा निशुल्क एम्बुलेन्स सेवा संचालन र मेचीमहाकाली मनोसामाजिक परामर्श अभियान मार्फत देशका दुर्गम स्थानमा पुगेर भयभित नागरिकको सेवमा अतुलनीय, अविस्मरणीय, प्रसंशा योग्य कार्य गर्ने समाजका निवर्तमान अध्यक्ष श्री दिनेशकुमार मगरज्यू सहित सम्पूर्ण अभियन्ताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
३) अक्षय कोष
विराज समाजको विधान अनुरुप संस्थाले संचालन गर्ने कार्यक्रमलाई स्थायीत्व प्रदान गर्न संस्थाको आफ्नै कोष तथा आम्दानी हुनु पर्ने कुरालाई गहन रुपमा मनन गरी रु १५,००,००० ( पन्ध्र लाखको अक्षय कोष स्थापना भई सकेको जानकारी गराउँदछु । विराज समाजले रु ५०,००,०००( वीस लाख) को अक्षय कोष स्थापना गर्ने लक्ष्य लिएको छ । हालसम्म अक्षय कोषमा रकम प्रदान गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
४) विराज वार्षिक सहायता कोष स्थापना ।
समाजका नियमित कार्यक्रमहरुलाई संचालन गर्न तथा आर्थिक अवस्था कमजोर भई जीवन यापन गर्न कठिनाईमा परेका तथा विभिन्न प्राकृतिक प्रकोपबाट प्रताडित भएका विपन्नहरुलाई सहयोग गर्ने उद्देश्यले विराज वार्षिक सहायता कोष स्थापना गरिएको छ । समाजले विराज वार्षिक सहायता कोषको विदेश विभाग संयोजकमा अमेरिकामा बसोबास गर्नु हुने युवा समाज सेवी आशिष दाहाललाई नियुक्त गरेको छ ।
५) विराज सम्मान
यस समाजले नेपालमा पहिलो पटक कलेजो दान गर्ने श्री शान्ता पोखरेल दाहाल, समाजसेवी मित्रसेन दाहाल, समाजसेवी खिलनाथ अधिकारी, राजनीतिज्ञ लोककृष्ण भट्टराई र संघीय गणतन्त्र नेपालका राष्ट्रगानका रचनाकार श्री प्रदीप कुमार राई (व्याकुल माइला)लाई विराज सम्मान अर्पण गरिसको छ भने वरिष्ठ कलाकार श्री लक्ष्मी गिरिज्यूलाई याक्टिङ क्वीन उपाधि सहित सम्मान गरेको जानकारी गराउँदछु ।
१५ औँ वार्षिक साधारणसभाको अवसरमा आज राष्ट्रिय रुपमा विशिष्ट योगदान गर्नु हुने डा. सुभाष घिमिरे र अभिनेता निखिल उप्रेतीलाई विराज सम्मान क्रमश २०७८ र २०७९ अर्पण गर्दै छौं ।
समाजसेवी ताराबहादुर कुँवरलाई समाजिक सम्मान र शिक्षासेवी श्री मोहनचन्द्र बाग्लेज्यूलाई पनि शिक्षा सम्मान अर्पण गर्दछौं । गत स्थानीय तहको निर्वाचनमा यस समाजका सल्लाहकार श्री उत्तमराई मोलुङ गाउँपालिकाको अध्यक्षमा, पूर्व कार्य समिति उपाध्यक्ष श्री गजेन्द्र राई मोलुङ गाउँपालिका वडा नं. ८ को वडा सदस्यमा, आजीवन सदस्यहरु श्री डिल्लीराम खनाल जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा, श्री तेजेन्द खनालज्यू सिद्धिचरण नगरपालिकाको प्रमुखमा, श्री मेखबहादुर मगर सिद्धिचरण नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा तथा श्री भलबहादुर कटवाल सिद्धिचरण नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित हुनु भएकोमा उहाँहरुलाई हार्दिक वधाई तथा शुभकामना सम्मान पत्र अर्पण गर्दैछौं ।
आदरणीय महानुभावहरु ,
अव म संस्थाका भावी योजना तथा कार्यक्रम सम्बन्धमा संक्षिप्त दृष्टिकोण राख्न चाहान्छु ।
कुनै पनि कार्यक्रम संचालन गर्न सोच, पूँजी तथा जनशक्ति आवश्यता पर्ने भएको हुँदा सामाजिक क्षेत्रका कार्यहरु गर्न तत्परता, प्रतिवद्धता र इच्छाशक्तिको जरुरत हुने कुरा सर्वविवितै छ । उपलब्ध भएका स्रोतसाधनहरुलाई मध्यनजर गरी निम्नअनुसारका भावी योजनाहरु प्रस्तावित गरेको छु ।
भावी योजनाहरु
१. विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने तथा जेष्ठ नागरिक सम्मानको विगतको स्वरुप तथा ढाचा परिवर्तन गरी निरन्तरता दिने ।
२ विराज क्षेत्र भ्रमणलाई निरन्तरता दिने ।
३. सिद्धिचरण नगरपालिकाका मा.वि. स्तरीय हाजीर जवाफ प्रतियोगिता आयोजना गर्ने ।
४. विराज सम्मान प्रदान गर्ने ।
५ विराज तीज विशेष सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने, ।
६. विराज कल्याणकारी कोषको कार्यविधि तयार गर्ने ।
७. विराज क्षेत्रको शैक्षिक तथा सामाजिक उन्नयनका लागि विशेष पहल गर्ने ।
८. कला, संस्कृती र साहित्य क्षेत्रको विकासका लागि स्रष्टा सम्मान लगायत अन्य कार्यक्रम थालनी गर्ने ।
९ विराज स्मारिका प्रकाशन गर्ने ।
१० विराज कोष अभिवृद्धीका लागि देउसी भैलो कार्यक्रम आयोजना गर्ने ।
११. स्वास्थ्य शिविर संचालन गर्न कार्यक्रम आयोजना गर्ने ।
१२. स्रोत अभिवृद्धि गरी कानूनी साक्षरता तालिम तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने ।
१३.आर्थिक स्रोत जुटाएर प्रकृतिक प्रकोपबाट पिडितहरुलाई सहयोग गर्ने ।
१४. विराज कोषमा १५ लाख रहेकोमा थप पाँच लाख वृद्धी गरी २० लाख पुर्याउने ।
१५. सामाजिक हितका अन्य कार्यक्रमहरु गर्ने ।
उल्खित कार्यक्रम संचालन गर्न यहाँहरुको समेत अंहम भूमिका रहने कुरा स्मरण गराउन चाहान्छु ।
समाजको आ.व. ०७८÷०७९ लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्षज्यूले यो गरिमामय सभामा पेश गर्नु भएको छ । संस्थाको आर्थिक कारोवारको बारेमा सो प्रतिवेदनले प्रष्ट गर्ने नै छ ।
समाजको विकास र उन्नयनमा यो कार्य समितिले गरेको कार्यहरुको यहाँहरुले समीक्षा गर्नु हुने नै छ । सिमित स्रोत साधानका बिच पनि समाजले गरेका कार्यहरुमा यहाँहरुको सहयोग ,सहभागीता र सद्भावको यस गरिमामय सभामा उच्च सम्मान गर्दै भविश्यमा पनि निरन्तर सहयोग प्राप्त हुने छ भन्ने पूर्ण विश्वास लिएको छु ।
अन्त्यमा, नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा.रामबरण यादवज्यूले विराज समाजको उन्नती र प्रगतिको कामना गर्दै शुभकामना सन्देश पठाउनु भएकोछ । प्रथम राष्ट्रपति सम्माननीय डा.रामबरण यादवज्यूलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु ।
आजको सभाका प्रमुख अतिथि सम्माननीय श्री पुष्पा भुसालज्यूमा हार्दिक आभार प्रकट गर्दै, सम्मानित सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु । उपस्थित अतिथिज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, सञ्चारकर्मी साथीहरु र संस्थाका सवै शुभेच्छुक महानुभावहरु तथा यस साधारणसभामा उपस्थित् समपूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु । धन्यवाद । जय विराज समाज ।
रामप्रसाद दाहाल
अध्यक्ष
२०७९ भाद्र ४ गते शनिबार