गजब कार्यक्रम!!
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९अौँ जन्मजयन्ती,पुरुषोत्तम दाहालको “शान्ता”उपन्यासको अङ्ग्रेजी अनुवादको पहिलो संस्करणको विमोचन,विराज नामक संस्था सम्बर्धनार्थ द्यौसीभैलो अन्तर्गत विविध सास्कृतिक कार्यक्रमका अतिरिक्त निश्चित कविद्वारा कविता वाचन जम्मैको मिश्रित स्वरूप नै यसको विशेषता रह्यो।
केशव दाहाल र गान्धर्भराज पौडेलको उद्घोषण,शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख अातिथ्य ,अनगिन्ती सबै क्षेत्रका व्यक्तित्वको अातिथ्य रहे पनि गजब त एकजना प्रमुख अतिथि र एकजना सभापति बाहेक मञ्चमा अन्य कसैलाई न राखेको यो नेपालकै दोस्रो नमुना कार्यक्रम हो।यश अघि कलानिधि दाहालले अाफ्नो कृति-कलानिधिका चुनिएका कविताको विमोचन होटल हनर्दिकमा पहिलो पटक यो विधि अपनाएको थियो।हेरौँ केही दृश्य झलकहरू-