विराज समाजको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय प्रमुख अतिथिज्यू, अथितिज्यूहरु, समाजका संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, कार्य समितिका पदाधिकारी एवं साधारण सदस्यज्यूहरु तथा यस कार्यक्रमा उपस्थित हुनुभएका महानुभावहरुमा विराज समाजको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन गर्दछु ।
जन्म भूमिप्रतिको अगाध माया, संझना एवं समाजमा केही गरौं भन्ने सोचका कारणले २०६४ साल साउन ४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता नं १६ मा विधिवत दर्ता भई स्थापना भएको विराज समाज काठमाण्डौंको आज हामी आठौ वार्षिक साधारण सभा सम्पन्न गर्दैछौ ।
२०७२ बैशाख १२ गतेको विनासकारी भूकम्प पछिका अनुकम्प सँगै समाज संस्थापनाको विधिवत नविकरण, विराज क्षेत्रका लागि राहत संकलन र वितरणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव प्रति उच्च सम्मानका साथ हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।
आदरणीय महानुभाहरु,
अब म समाजले गरेका कार्यहरु बुंदागत प्रस्तुत गर्न चाहन्छु ।
१. विराज वासीका लागि राहत संकलन तथा वितरण ।
२. विराज स्मारिका विशेषाङक प्रकाशन ।
३. विराज क्षेत्रका विभिन्न महानुभवहरुलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग ।
४. समाज सेवी आदरणीय शान्ता पोखरेल दाहाल र मित्रसेन दाहालको सम्मान ।
५. विराज शिक्षा पुरस्कार प्रदान ।
६. विराज जेष्ठ नागरिकहरुको सम्मान ।
७. विराज समाज नविकरण
आ.व.०७१ ।०७२ का लागि प्रस्तावित कार्यक्रमहरु
१. विराज शिक्षा पुरस्कारलाई निरन्तरता दिने ।
२. विराज जेष्ठ नागरिक सम्मान प्रदान गर्ने ।
३. विराज क्षेत्रको भ्रमणलाई निरन्तरता दिने ।
४. विराज सम्मान २०७२ प्रदान गर्ने ।
५. विराज क्षेत्रको शैक्षिक उन्नयनका लागि विशेष पहल गर्ने ।
६. कला, संस्कृती र साहित्यका क्षेत्रका स्रष्टाहरुलाई प्रोत्साहन गर्ने ।
समाजको आर्थिक अवस्था
स्वयंसेवी रुपमा संचालित यस विराज समाजको प्रमुख आर्थिक स्रोत भनेको सदस्यता वापत प्राप्त शुल्क र शुभचिन्तक महानुभावहरुको आर्थिक सहयोग नै हो । समाजले आफ्नो कार्यव्रmमहरु यिनै आर्थिक स्रोतबाट सञ्चालन गर्दै आएको छ । शुभ दिपावली २०७०।०७१ अवसरमा समाजको आर्थिक पक्षलाई सबल बनाउन वृहत द्यौसी भैलो कार्यव्रmमको आयोजना गरिएको थियो । उठेको रकम नै समाजको प्रमुख आर्थिक श्रोत्र रहन पुगेको छ ।
देउसी भैलोमा सहयोग गर्ने महानुभावहरुको नामावली र सहयोग रकम विराज स्मारिकामा प्रकाशन गरिएकोछ ।
राज्यको नीति अनुरुप समाजको बंैक खाता राष्टिय बाणिज्य बैक गौशलामा रहेको कुरा जानकारी अनुरोध गर्दछु । समाजको आर्थिक अवस्थाबारे जानकारी प्राप्त गर्न यस समाजको आ.व.०७१÷०७२ को लेखा परीक्षण गर्न नियुक्ति हुनु भएका लेखा परीक्षक श्री विमल अधिकारीको आ.व.०७१÷०७२ को लेखा परीक्षण प्रतिवेदन अध्ययन गर्नु हुन समेत अनुरोध गर्दछु ।
आ.व.०७२ ।०७३ को अनुमानित आय
१. बैकबाट प्राप्त व्याज रु २५,०००।–
२. सदस्यता शुल्क तथा नविकरण रु १०,०००।–
४. आजीवन सदस्यता शुल्क रु ५०,०००।–
५. दाताबाट सहयोग रु १००,०००।–
६. विज्ञापन रु ५०,०००।–
७. स्मारिका विक्री रु ५,०००।–
कुल आय रु २,४०,०००
आ.व.०७२ ।०७३ को अनुमानित व्याय
१ लेखा परीक्षण शुल्क रु १०,०००।–
२.साधारण सभा तथा सम्मान खर्च रु ५०,०००।–
३.संस्था नविकरण शुल्क रु २५,०००।–
४.अथिति सत्कार खर्च रु ५,०००।–
५.विराज क्षेत्रमामा कार्यक्रम खर्च रु ४५,०००।–
६ मसलन्द खर्च रु १०,०००।–
७.टिकट तथा टेलिफोन खर्च रु ५,०००।–
८ विविध खर्च रु ५,०००।–
कुल खर्च रु १,५५,०००
कार्य समितिबाट सम्पन्न भएका कार्यहरु
समाजको उद्देश्य अनुरुप कार्य समितिले कार्य सम्पादन गर्ने क्रममा आवश्यता अनुसार विभिन्न समितिहरुको गठन समेत गरेका छौ । कार्य समितिले गठन गरेका समितिहरु यस प्रकार छन् ।
१. पुरस्कार छनोट समिति तथा प्रबन्ध समिति
२. साधारण सभा प्रबन्ध समिति
३. विराज क्षेत्र भम्रण टोली
४. निर्वाचन समिति
५. सम्मान छनोट समिति
विराज क्षेत्रमा कार्यक्रम सम्पन्न ।
मिति २०७२ असोज २४ गते नवज्योति मा.वि.मैदाने जन्तरखानी ओखलढुंगामा समाज अध्यक्ष श्री दिनेश कुमार मगरज्यूको प्रबन्धमा समाज उपाध्यक्ष श्री जीवनाथ खतिवडाज्यू, पूर्व कोषाध्यक्ष श्री जयप्रसाद दाहालज्यू लगायतको एक टोलीले जेष्ठ नागरिक सम्मान तथा विराज शिक्षा पुरस्कार प्रदान कार्यक्रम सफतापूवर्क सम्पन्न गरेको र सो कार्यक्रम निम्न महानुभावलाई निम्न सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
विराज जेष्ठ नागरिकबाट सम्मानित हुनेहरु
१ श्री कृष्णकुमारी मगर जन्तरखानी ४, ओखलढुंगा
२ श्री दीर्घबहादुर मगर जन्तरखानी ८, ओखलढुंगा
३ श्री महेश्वरी दाहाल विगुटार ७ , ओखलढुंगा
४ श्री नवराज राई विगुटार ९, ओखलढुंगा
५ श्री टेक बहादुर खत्री रागाँदीप ४, ओखलढुंगा
६ श्री नरमाया गुरुड. रागाँदीप, ओखलढुंगा
विराज शिक्षा पुरस्कार पाँउनेहरु
१ श्री सविना कटवाल विगुटार उ.मा.वि.विगुटार, ओखलढुंगा
२ श्री रेणुका राई रागाँदीप मा.वि.रागाँदीप, ओखलढुंगा
३ श्री सिवानी मगर जन्तरखानी मा.वि.जन्तरखानी, ओखलढुंगा
४ श्री सविना मगर नवज्योती मा.वि.मैदाने, जन्तरखानी,ओखलढुंगा
सो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सवै महानुभावमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
विराज सम्मान २०७२ श्री सुमन दाहालज्यूलाई प्रदान गरिने
विराज सम्मान छनोट समितिका संयोजक सहप्रा.श्री मुकुन्दराज दाहालज्यूले छनोट समितिको तर्फबाट विराज सम्मान २०७२ बाट सम्मानित गर्न शिष्टाचार नेपालका संस्थापक तथा शिष्टाचारका अभियन्ता समाजसेवी श्री सुमन दाहालज्यूलाई सिफारिस गर्नु भएमा कार्य समितिको बैठकको निर्णय अनुसार आजको यस साधारण सभामा समाजसेवी श्री सुमन दाहालज्यूलाईृ नगद रु ५,०५१ सहित विराज सम्मान २०७२ सर्मपण गर्ने कुरा जानकारी गराउँदछु । विराज सम्मान २०७२ ग्रहण गर्न स्वीकृती दिनु भएकोमा समाजसेवी श्री सुमन दाहालज्यू प्रति हार्दिक आभार प्रकट गर्दछु ।
विशेष प्रस्ताव
गत मिति २०७२ असोज ३ गते सविधान सभाबाट नेपालको संविधान २०७२ पारित गरि लागु भएको नयाँ संविधान २०७२ को हार्दिक स्वागत गर्दछु । नेपालको संविधानले परिकल्पना गरेको गाँऊ पालीकाको व्यवस्था अनुसार विराज क्षेत्रका विगुटार, रागाँदिप र जन्तरखानी गा.वि.स.का स्थानीयहरु सँग छलफल गर्दै विचार, विमर्श र बहसका लागि अगाडी वढाँउन तीन गाँउ मिलाएर विराज गाँउ पालीका निर्माणका लागि विशेष पहल गर्न आजको गरिमामय यो साधारण सभा समक्ष विशेष प्रस्ताव पेश गर्दछु ।
अन्त्यमा समाज स्थापना देखि आज सम्म मलाई विश्वास गरि समाजको कार्य समितिको संस्थापक उपाध्यक्ष ,कार्यवाहाक अध्यक्ष हुदै अध्यक्षको जिम्मेवारी समेत वहन गर्ने अवसर दिनु भएकोमा समाजका आदरणीय सदस्यज्यूहरु प्रति पुन हार्दिक आभार प्रकट गर्दै वर्तमान कार्य समितिले के कति कार्य गर्न सक्यो वा सकेन भन्ने विषयमा आजको सभाले मूल्यांकन गर्नका पनि अनुरोध गर्दछु । समाजको स्थापना र उन्नयनको लागि सहयोग गर्नु हुने र सदभाव राख्नु हुने सवै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै यो प्रतिवेदन पारित गरिदिनु हुन हार्दक अनुरोध गर्दछु ।
आजका योे साधारण सभाबाट निर्वाचिन हुनुहुने नयाँ कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई अग्रिम बधाई तथा कार्य सफताको शुमकामना प्रकट गर्दै समाजले निर्धाण गरेका र आजको साधारण सभबाट पारित प्रस्ताव अनुसार कार्य प्राथमिकता साथ नयाँ कार्य समिति अधि बड्ने विश्वास पनि लिएको छु ।
धन्यवाद । जय विराज समाज
दिनेश कुमार मगर
अध्यक्ष
२०७३ जेष्ठ २२ गते