विराज क्षेत्र भ्रमण २०७३, एक शब्द चित्र
राजेन्द्रप्रसाद दाहाल
सचिव, विराज समाज
विराज समाजका नियमित वार्षिक कार्यक्रम अन्तर्गत समाजले गतवर्ष पनि आकर्षक कार्यक्रमहरु सहित विराज भ्रमण २०७३ सम्पन्न गरिएको छ । विराज समाजका नियमित कार्यक्रमहरुमा हरेक वर्ष विराज शिक्षा पुरस्कार प्रदान, विराज जेष्ठ नागरिक सम्मान समर्पण, विराज भ्रमण कार्यक्रमहरु निर्दिष्ट छन ।
विराज भ्रमण अन्र्तगत विराज समाजका अध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा मिति २०७३ साल पौष १४ गते जन्तरखानी, पौष १७ गते विगुटारमा विगुटार मा.वि. विगुटारका व्यवस्थापन समिति अध्यक्ष श्री नृपबहादुर कार्कीको अध्यक्षतामा पौष १८ गते विगुटारमा, पारिजात युवा क्लबको संयोजनमा सर्सेपुमा पनि कार्यक्रम आयोजना गरिएको थियो । साथै विराज कप भलिबल प्रतियोगिता २०७३ र न्यानो कपडा वितरण पनि आयोजना गरिएको थियो । विराज भनेको विगुटार रागादीप र जन्तरखानीबाट अध्ययन रोजगारी पेशा व्यवसायको खोजीमा देश तथा विदेशमा रहेर पनि जन्म गाउको माया गर्ने युवाहरुले स्थापना गरेको सामाजीक संस्था हो । यसको स्थापना २०६४ सालमा गरिएको हो ।
रामप्रसाद दाहालको नेतृत्वमा रहेको बिराज समाजले विराज क्षेत्रमा यी कार्यक्रम सम्पन्न गर्न सम्भव भएको थियो । समाज सेवामा प्रतिबद्ध दाहाल बिराज समाजको अलवा सामाजीक जागरणका लागी शिक्षा, स्वास्थ्य, धर्म, संस्कतिको जगेर्ना तथा विकासमा सक्रिय हुनुहुन्छ । उहाले रेडक्रस हासपोसा उपशाखा सुनसरी जिल्लामा दुई कार्यकाल सभापति भई रेडक्रसको भवन निर्माण समेत गरी तरहरामा अतुलनीय योगदान गर्नुभएको छ । विराज समाजको एक दशक अध्यक्ष भएर समाजको संस्थागत विकासमा निर्वमान अध्यक्ष दिनेश कुमार मगरले योगदान गर्नु भएको छ । मगरकै संयोजनमा विराज कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अध्यक्ष दाहालको शोच प्रस्तावमा यस अघि दिनेशकुमार मगरको कार्यकालबाट समाजले विराज जेष्ठ नागरिक सम्मान, विराज शिक्षा पुस्कार प्रदान सहितका कार्यक्रमहरु विराज क्षेत्रमा प्रारम्भ गरिएको हो ।
विराज भ्रमण २०७३ मा विराज समाजका सल्लाहकार प्रा पुरुषोत्तम दाहाल, अधिवक्ता केशव प्रसाद दाहाल, किरण बहादुर मगर, हर्क बहादुर मगर, विराज समाजका अध्यक्ष दाहाल, शान्ता फाउण्डेशनका अध्यक्ष शान्ता पोखरेल दाहाल, समाजका निवर्तमान अध्यक्ष तथा विराज कप भलिबल प्रतियोगिताका संयोजक दिनेश कुमार मगर, भलिबल प्रतियोगिता संयोजनमा प्रमुख जिम्मेवारी बहन गर्ने समाजका आजिवन सदस्य हरिप्रसाद दाहाल, समाजका सचिव राजेन्द्र प्रसाद दाहाल, कोषाध्यक्ष नर बहादुर कट्वाल, सह सचिव तारा बहादुर राई, सदस्य प्रकाश मगर, सदस्य गोपीकृष्ण दाहाल, ललित मगर, समाजका आजिवन सदस्य ई. अनुसा दाहाल, ईं उडुषा श्रेष्ठ, साधारण सदस्य गोविन्द दाहाल, राजु दाहाल, गीता दाहाल, सन्तोषी पाठक, सुसिला पौडेल, प्रकाश सर्मा, कमल दाहाल, केशव दाहाल, पिताम्वर दाहाल (दीपक) लगायतले १० दिन सम्म ठाडे, जन्तरखानी, मैदाने, लट्टे्बारी, माझखर्क, बिल्दु, सर्सेपु, विगुटार, टक्सार, रागादीप, घुन्सा, धनेपु र आसपासका क्षेत्रहरु सप्रेम भ्रमण गर्नु भएको छ । भ्रमणका क्रममा स्थानीयहरुले भ्रमण टोलीका सदस्यलाई फूलमाला, खादा, अबीर लगाएर न्यानो स्वागत गरेका थिए ।
विराज क्षेत्र भ्रमणका क्रममा आयोजित कार्यक्रमहरुमा स्थानीय लोकसंस्कृती झल्किने झाँकी तथा नृत्यहरु समेत प्रस्तुत गरिएका थिए । भ्रमणका क्रममा साविकको विगुटार गाविस हाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ अन्तर्गत समाजका अध्यक्ष दाहालले सर्सेपुको निर्माणाधीन सामुदायिक भवनका लागी विराज समाजका तर्फबाट रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।
विराज क्षेत्र भ्रमण टोलीलाई आथित्यता प्राप्त ः
१. किरणबहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगा,
२. प्रेमबहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगा,
३. रामबहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगा,
४. देवहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगा,
५.मेखबहादुर मगर, सिद्धिचरण नगरपालिका वडा नम्बर ६ जन्तरखानी ओखलढुंगा,
६. भोलानाथ दाहाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
७. भिम प्रसाद पौडेल, सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
८. टंकनाथ दाहाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
९. पिताम्बर दाहाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१० तोयानाथ दाहाल सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
११. सुवोध सापकोटा सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१२. रोशन राई सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१३.पञ्चु राई सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१४ पञ्चमणी राई सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१५ सिता खत्री सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
१६ भलबहादुर कटवाल, सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटार ओखलढुंगा,
न्यानो आथित्यता प्रदान गर्ने सम्पूर्ण महानुभावहरुलाई विराज समाज परिवार हार्दिक आभार प्रकट गर्दछ ।
विराज शिक्षा पुरस्कार
विराज क्षेत्रमा सञ्चालित माध्यमिक विद्यालयहरु, विगुटार माध्यमिक विद्यालय विगुटार, जन्तरखानी मा वि जन्तरखानी, नवज्योती मा वि मैदाने जन्तरखानी, र रागादीप माध्यमिक विद्यालय राँगादीप रहेका छन । ती ४ वटा माध्यमिक विद्यालयहरु मध्येबाट हरेक वर्षको एस एल सी परीक्षामा उत्कृष्ट हुने एक जना विद्यार्थीलाइ नगद रु ५००१÷– अक्षरेपी पाच हजार १ रुपैंया सहितको विराज सर्वोत्कृष्ट शिक्षा पुरस्कार प्रदान गरिने वार्षिक कार्यक्रम छ । जस अन्तर्गत २०७३ मा नवज्योती मा वि मैदाने जन्तरखानीकी छात्रा रेजिना मगर पुरस्कृत भएकी छिन । निजले २०७२ को प्रवेशकिा परीक्षामा २ दशमलव ८५ जिपीए ग्रेड प्राप्त गरेकी छिन । साथै विराज क्षेत्रका हरेक विद्यालयबाट एस एल सी परीक्षामा उत्कृट ग्रेड वा अंक ल्याई पास हुने विद्यार्थीलाई नगद रु ३००१÷– अक्षरेपी तीन हजार एक रुपैंया“ पुरस्कार सहित विराज शिक्षा पुरस्कार पनि प्रदान गरिन्छ । जस अन्तर्गत यस वर्ष जन्तरखानी मा वि जन्तरखानीबाट सुश्री संजिता मगर छनौट भएकी छिन । निजले २०७२ को प्रवेशकिा परीक्षामा २ दशमलव ७० जिपीए ग्रेड प्राप्त गरेकी छिन । विगुटार मा वि विगुटारबाट कृष्टिना कार्की छनौट भएकी छिन । निजले २०७२ को प्रवेशकिा परीक्षामा २ दशमलव ७० जिपीए ग्रेड प्राप्त गरेकी छिन । र रागादीप मा वि राँगादीपकी छात्रा यमुना राई पुरस्कृत भएकी छन । निजले २०७२ को प्रवेशकिा परीक्षामा २ दशमलव ७० जिपीए ग्रेड प्राप्त गरेकी छिन । पुरस्कृत सबै ४ जना छात्राहरुका प्रति विराज समाज परिवारका तर्फबाट हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौं ।
विराज जेष्ठ नागरिक सम्मान
विराज समाजले विगत वर्षहरुमा झै यस वर्ष पनि विराज जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ । विगुटार रागादीप जन्तरखानी गा वि सका एकजना जेष्ठ पुरुष र एक जना जेष्ठ महिलालाई नगद रु ३००१÷– अक्षरेपी तीन हजार एक सहित दोसल्ला ओडाएर, सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्बन्धित गा वि स को कार्यालयले जेष्ठ नागरिक भनी गरेको सिफारिस अनुसार विराज समाजले सम्मान गर्ने गर्दछ । जस अन्तर्गत, यस वर्ष विगुटार गा वि स का पुरुषहरु मध्ये जेष्ठ पुरुष बलबहादुर श्रेष्ठ र महिलाहरु मध्ये कालीमाया तामाङ सम्मानीत हुनु भएको छ । रागादीप गा वि सका पुरुषहरु मध्ये जेष्ठ पुरुष चम्मर सिंह राई महिलाहरु मध्ये चन्द्र माया मगर सम्मानीत भएका थिए । जन्तरखानीका पुरुषहरु मध्ये जेष्ठ पुरुष मान बहादुर थापा मगर, महिलाहरु मध्ये कृष्ण माया मगर वर्ष सम्मानीत भएका छन । विराज समाजबाट सम्मानित जेष्ठ नागरिकलाई नुवाकोट घर भई हाल ठमेलमा व्यवसाय गर्ने सिताराम रिजालले न्यानो टोपी समाजका कोषाध्यक्ष नरबहादुर कट्वाल मार्फत उपलब्ध गराउनु भएकोमा उहालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्मानीत सबै जेष्ठ नागरिकहरुलाई हार्दिक सम्मान गर्दछौ्रं ।
विराज कप भलिबल प्रतियोगिता, २०७३
विराज क्षेत्र भ्रमण अन्तर्गत सिद्धिचरण नगरपालिका वडानम्बर ६ जन्तरखानी ओखलढुंगामा समाजका आजिवन सदस्य हरि प्रसाद दाहालको परिकल्पनामा प्रथम पटक विराज कप भलिबल प्रतियोगिता आयोजना गरिएयो । विराज कप भलिबल प्रतियोगिताको दिनेश कुमार मगर संयोजक, हरिप्रसाद दाहाद सदस्य, सुशीला पौडेल सदस्य, राजेन्द्रप्रसाद दाहाल सदस्य, प्रकाश शर्मा सदस्य, ताराबहादुर राई सदस्य, नरबहादुर कट्वाल सदस्य, रहेका थिए । भलिबल प्रतियोगिता पौष ११ गते देखि १३ गते सम्म सञ्चालन भएको थियो । भलिबल प्रतियोगिताको उद्घाटन तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल र प्रहरी उपरिक्षक मिलन केसीले संयुक्त रुपमा गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिम सहभागी भएका थिए । र विराज कप भलिबल प्रतियोगितामा ठाडे युवा समुह जन्तरखानी ओखलढुंगा प्रथम, गैंया“ देवी युवा समुह, बनभाडे सोलुखुम्बु दोस्रो र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ तृतीय भएका थिए । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडी गैयाँ देवी युवा क्लब बनभाडे सोलुखुम्बुका टिम क्याप्टेन राम खड्का चयन भएका थिए । विजेता टिमलाई विराज कप भलिबल समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ पत्रकार, मानव अधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहालले नगद पुरस्कार, कप प्रमाण पत्र मेडल प्रखान गर्नुभएको थियो । नगद पुरस्कार पहिलो रु २५ हजार दोस्रो १५ हजार र तेस्रो १० हजार रहेको थियो । विराज कप भलिब प्रतियोगिताको आयोजना विराज समाज र जलदेवी समाजसेवी युवा क्लब जन्तरखानी ओखलढुंगाले गरेका हुन ।
भलिबल प्रतियोगिता आयोजनाका लागी निम्न रकम आर्थिक सहयोग गर्नुभएको थियो ।
१. दिनेश कुमार मगर, समाजका निर्वतमान अध्यक्ष रु. ४२,०००÷–
२. दिलीप मगर जन्तरखानी हाल जापान रु ३५,०००÷–
३. लिलाबल्लभ दाहाल (काका) कोषाध्यक्ष– टान रु ३०,०००÷–
४. प्रकाश दाहाल रु १५,०००÷–
५. राम प्रसाद दाहाल, अध्यक्ष विराज समाज १५,०००÷–
६. हर्क बहादुर मगर, जन्तरखानी रु ५०००
७. रामकृष्ण मगर, जन्तरखानी रु ५०००
८. मान बहादुर विश्वकर्मा जन्तरखानी रु ५०००
९. राजेन्द्र प्रसाद दाहाल सचिव विराज समाज रु ५०००
१०. नर बहादुर कट्वाल कोषाध्यक्ष विराज समाज २००० र विराज लोगो अंकित टोपी सहयोग
११ विकास तामाङ विगुटार टक्सार, २०००
१२ बम बहादुर राई, विगुटार सर्सेपु २०००
१३. किरण बहादुर मगर, जन्तरखानी, यातायात सहयोग
१४ फणिन्द्र प्रसाद दाहाल मोलुङ गाउपालिका ३ यातायात सहयोग
विराज न्यानो कपडा प्रदान
समाजका कार्यसमिती सदस्य गोपी कृष्ण दाहालको संयोजनमा ऋबचष्कष्mय भ।ख्। mगलष्अज न्भचmबलथ बाट विराज क्षेत्रका ९ वटा विद्यालय का ८५० विद्यार्थीलाई रु १५,००,००० अक्षरेपी पन्ध्र लाख मात्र बराबरका न्यानो कपडा वितरण गरिएको छ ।
कपडा वितरण कार्यक्रममा जर्मन नागरिक ऋबचष्कष्mय भ।ख्। mगलष्अज न्भचmबलथ ःबचतष्ल त्जयmm पनि निकै सक्रियता पूर्वक र उत्साही बनेर सहभागी भएका थिए । वि स २०७२ बैशाखको विनाशकारी भुकम्पबाट पीडीत विद्यार्थीहरुले न्यानो कपडा पाएर खुसी भएका थिए । यस ऋबचष्कष्mय भ।ख्। mगलष्अज न्भचmबलथ को ,म्च।च्यकष् क्अजचयभतभच ले स्थापना गरेकी हुन । ऋबचष्कष्mय भ।ख्। ःगलष्अज न्भचmबलथ र गोपीकृष्ण दाहाललाई समाजका अध्यक्ष दाहालले हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।