मेरो गाउँ मेरो ठाउँ
मीना नेपाल
विगुटार –७, ओखल्ढुङ्गा
तारेभिरका लट्टा खस्रु लट्टै परे अरे ।
जंगल गाका भेडी पनि गाउँमै झरे अरे ।।
सुन्तरे र पल्लो खोलो सबलाई सोध्छन् अरे ।
घाँस विसाउने चौतारीले हामलाई खेज्छन् अरे ।।
भन्छ अरे बुकी फुलले सबै शहर पसे ।
आफ्नो गाउँलाइ बिर्सिकन उतैतिर बसे ।।
गाउँ पनि गर्जिन्छ रे छैनन् भनि कोइ ।
वनमा फुल्ने लालीगुराँस बस्याछन् रे रोइ ।।
विकास पनि हुदैछ रे मोटर बाटो आई ।
आश गरेर बस्याछन् र् जलेश्वरी माई ।।
चारैतिर हरियाली विचमा खोला नाला ।
धान गहुँ मकै अनि ति कोदाका बाला ।।
रमणिय हाम्रो गाउँ छैन केहीमा खोट ।
बनैभरि ऐसुलु र काफलबा बोट ।।
कैले जाउझै लाछ मलाई त्यो गाउको घर ।
विगुटार हाम्रो गाउँ कति छ सुन्दर ।।