मेरो राष्ट्र हुन्छ
सदानन्द सापकोटा
विगुटार –७
हाल कपन, मिलनचोक काठमाण्डौ
कुनै भावको गहिराइमा
आएका होइनन् मेरा भावनाहरु
जुनमा म स्वर्ग भन्दा सुन्दर मेरो देश देख्छु
मेरो भाव पनि हुन मेरे देशकै लागि
लगामको सिक्रिले कसिदै गर्दा
वरु भावनाको रगतबाट निकाल्नेछ
आगोको ज्वाला
आफ्नै आफन्तको मृत्यु पनि सहज बन्नेछ
तर, राष्ट्रमाथी हुरी बिझ्नु सहज बन्ने छैन
मेरो राष्ट्र भन्दा माया छैन मलाई आफै (म) पनि
मेरो शरीर होस देशका लागि आहुति अनि
आहुति गरे हुन जिउ स्वाधिनताका लाग
आफ्ना प्रत्येक थोपा रगत बगुन्
देशको सिर्जना र सुन्दरताका लागि
म विक्षिप्त हुन सक्छु हरायो भने अश्मिता
तर त्यो विक्षिप्त पिर डर हुने छैन
तर यौवनामा देख्छु मझै देशमा चमकता
मेरो भावना सुम्पिएका छन् देशकै अटल चुचुरा छन्
विलिन पनि खोज्छ कसैले शिखरको ताज
जव जाग्दछौ देशको रक्षा गर्न साथ
भाच्न खोजे मुहार देश कसैले
गति त्याग र वन्तव्य रोज्न खोजे कसैले
म आँधी वेरीको अनि तोप िछरिन्छ सिम्रक झै
न त म शत्रुको प्रतिकारमा जल्के छु,
मेरा अवशेषहरु रहुन नरहुन तर
आहुति दिएको राष्ट्रलाई अनि
वलिदान सरि हुने छ देशलाई
राष्ट्रलाई जति वर्गमा विभाजित गरियो
त्यो धिर्कार्नेछ यो वलिदानले सबलाई
राज्य सवको अंश होइन बाडेर भाग लगाउनलाई
राष्ट्र मिलेको छ भूगोल परिवशेमा पनि
रंग बदल्नु तर राष्ट्र बदलिदैन
व्लिदानको अस्तित्व मेटेर मेटिदैन कहिल्यै
राष्ट्र चम्काउछ सेलो हिमाल काखमा जहिले
मेरो राष्ट्र हुन्छ अटल अमर जहिले
म राष्ट्र सेवक हुँ राष्ट्र सेवा गर्दछु
राष्टवादी हुँ राष्ट्र सेवा हराउदछु
राष्ट्र सधंै हिमालमा चुम्दछ