समाजिका संस्था क्यारिसिमो इ.भी. म्युनिक जर्मनी ले यस वर्ष पनि विराज समाजको माध्यमबाट ओखलढुंगा जिल्लाका विकट गाउँ विगुटार, रागाँदीप र जन्तरखानीका नौ वटा विद्यालयका एक हजार ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विराज समाजले हरेक वर्ष आयोजना गर्ने विराज क्षेत्र भम्रण कार्यक्रममा विराज जेष्ठ नागरिक सम्मान तथा विराज शिक्षा पुरस्कार तथा न्यानो कपडा वितरण कार्यक्रम पौष २३ गते देखि पौष २७ गते सम्म गरेको थियो ।
समाजले न्यानो कपडा वितरण, पुरस्कार प्रदान तथा जेष्ठनागरिक सम्मानका लागि ओखलढुंगा जिल्लाका पार्टी प्रतिनिधि तथा सम्बन्धित स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुलाई आमन्त्रण गरेको थियो । २०७४ पौस २३ गते सम्पन्न नवज्योति मा.वि. मैदाने ओखलढुंगामा भएको कार्यक्रममा नवज्योती मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, केसर मगरको सभापतित्वमा समाजसेवी कुलध्वज मगर प्रमुख अतिथि रहनु भएको थियो । पहिलो पटक क्यारिसिमो इ.भी. म्युनिक जर्मनी बाट प्राप्त भएको न्यानो कपडा लगाए पछि नवज्योति मा.विका २१८ जना विधार्थी खुशिले रमाएका थिए । समाजले नवज्योति मा.वि. मैदानेका विधाथी मनिस मगर र केदार मगरलाई विराज शिक्षा पुरस्कार २०७४ प्रदान गरेको थियो ।
विराज शिक्षा पुरस्कार २०७४ बाट पुरस्कृत हुने सोही दिन स्थानीय जलदेवी समाज सेवी युवा क्बल जन्तरखानी ले सिद्धिचरण नगरपालिका वडा नं. ६ मा आयोजना गरको जलदेवी कप खुल्ला भलिबल प्रतियोगिता २०७४ को समापन समारोहमा यस वर्षको विराज विशेष सम्मान समाज सेवी किरण बहादुर मगरलाई अर्पण गरेको थियो भने विराज जेष्ठ नागरिक सम्मान तथा विराज शिक्षा पुरस्कार समेत प्रदान गरिएको थियो । यसरी विराज जेष्ठ नगरिक सम्मान २०७४बाट सम्मानित हुनेमा गोकुल विश्वकर्मा र मैया मगर रहनु भएको थियो भने विराज शिक्षा पुरस्कार २०७४ बाट जन्तरखानी मा.वि.का विधार्थी सुदिप मगर पुरस्कृत हुनु भएको थियो । जन्तरखानी मा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व संसाद रामहरि खतिवडा रहनु भएको थियो । भलिबल प्रतियोगिता सम्पन्न गर्न विराज समाजले दोस्रो पुस्कार जलदेवी समजसेवी युवा क्बल जन्तरखानीलाई रु २० हजार आर्थिक सहयोग गरेको थियो ।
राँगादीप मावि, राँगादीपको कार्यक्रम मोलुङ गाउपालिका वडा नं. ८ का वडाध्यक्ष हरिराईको सभापतित्वमा गाउँपालिका अध्यक्ष मणिराज राई प्रमुख आतिथि रहनु भएको थियो । रागाँदीपको कार्यक्रमको संयोजन समाजका सहसचिब ताराबहादुर राई र आजीवन सदस्य तथा पूर्व उपाध्यक्ष गजेन्द्र राईले गर्नु भएको थियो । यस वर्षको विराज सर्वोकृष्ठ शिक्षा पुरस्कार २०७४ रागाँदीप मा.वि. रागादिपका विधार्थी सरोज राईले नगद रु ५००१ सहित प्रमाण पत्र प्राप्त गर्नु भयो भने गंगामया मगर र कर्मा शेर्पा विराज जेष्ट नागरिक सम्मानबाट सम्मानित हुनु भयो ।
बिगुटार मा.वि. बिगुटार, शेर्पा समूदायिक प्रा.वि माझखर्क, रत्न प्रा.वि. टक्सारमा कार्यक्रममा पनि पूर्व साँसद रामहरि खतिवडाको उस्थिति रहेको थियो । विगुटार माविको कार्यक्रमको सभापति प्र.अ.गोरखबहादुर राईले गर्नु भएको थियो । विगुटार मा.वि.की छात्रा बन्दना राई विराज शिक्षा पुरस्कारबाट पुरस्कृत हुने भयो । विगुटारको जेष्टनागरिक सम्मान भने कसैको पनि आवदेन र स्थानीय तहको सिफारिस प्राप्त नहुदा यस वर्ष सम्मान अर्पण गर्न सकिएन ।
यस वर्ष पनि विगुटार, रागाँदिप र जन्तरखानीका विराजबाट सम्मानित जेष्ठ नागरिकलाई ठमेलका व्यवसायी श्रीकृष्ण थपलियाले न्यानो टोपी उपलब्ध गराउनु भएको थियो ।
क्यारिसिमो इ.भी. म्युनिक जर्मनीको विशेष सहयोगमा विराज समाज द्धारा आयोजित न्यानो कपडा वितरण कार्यक्रम नवज्योती मा.वि. मैदाने , जन्तरखानी , शेर्पा सामूदायिक प्रा.वि. माजखर्क, विगुटार ,रागादीप मा.वि. रागादीप, जन आर्दश प्रावि सर्सेपु, विगुटार , भानु प्र.वि. सैमल, विगुटार उच्च मा.वि. विगुटार, रत्न प्रा.वि टक्सार, संयुक्त प्रा.वि. घुन्सा, पुष्पलाल प्रा.वि. धनेपुका विधाथीहरुलाई टाउजर, ज्याकेट र टोपी वितरण गरि भव्य रुपमा सम्पन्न भएको थियो । न्यानो कपडा वितरण र विराज समाजले हरेक वर्ष विराज क्षेत्रमा प्रदान गर्ने विराज जेष्ठ नागरिक सम्मान तथा विराज शिक्षा पुरस्कार प्रदान कार्यक्रमका लागि समाजका कानुनी सल्लाहकार केशवप्रसाद दाहाल , अध्यक्ष रामप्रसाद दाहाल , निर्वतमान अध्यक्ष दिनेश कुमार मगर, सचिब राजेन्द्रप्रसाद दाहाल, कोषाध्यक्ष नरबहादुर कटवाल ,सह सचिव ताराबहादुर राई कार्यक्रम संयोजक गोपीकृष्ण दाहाल, कार्य समिति सदस्य भक्तबहादुर मगर, खड्ग मगर, आजीवन सदस्य नवराज दाहाल, राजु दाहाल, सदस्य रिता शर्मा दाहाल, रिनवसन दाहाल, फोटो पत्रकार सुनिल बावु क्षेत्री लगायत महानुभाव विराज क्षेत्रको भ्रमण गर्नु भएको थियो ।
कार्यक्रम गर्न अनुमति दिने जिल्ला प्रशासन कार्यालय ओखलढुंगा, विराज क्षेत्र भ्रमण कार्यक्रम सफल पार्न न्यानो कपडा उपलब्ध गराई सहयोग गर्नु हुने क्यारिसिमो इ.भी. म्युनिक जर्मनीका सम्पूर्ण पदाधिकारी तथा वोर्ड सदस्यहरु, विराज क्षेत्र भ्रमण समितिका संयोजक गोपीकृष्ण दाहाल, विराज भ्रमण टोलीका सदस्यहरु, स्थानीय तहका प्रतिनिधिहरु, अतिथिहरु, विद्यालयका शिक्षक तथा अभिभावकहरु, जेष्ट नागरिकलाई न्यानो टोपी उपलब्ध गराउनु हुने श्रीकृष्ण थपलिया लगायत सम्पूर्ण महानुभावमा हार्दिक अभार सहित धन्यवाद ज्ञापन गर्दछु ।
रामप्रसाद दाहाल
अध्यक्ष
विराज समाज