सम्झनामा आमा
हरिहर दाहाल – अमेरिका
कविता
मैले आमाको आवज भुल्न थालेको छु
मैले आफ्नै आमालाई पिरोल्न
थालेको छु
आमा सँगै लुल्पुटिदाको स्मृतिहरु
दिन दनै क्षिण हुँदै जादैछन्
कति सुन्दर थिए ति भोगाइहरु
बिर्सि नसक्नुका थिए ति सम्बन्धहरु
सम्झनाहरु
जवरजस्ती घ्यु थप्ते दयालु हात
अनि ज्वरो, खोकी पखालाहरुमा
सुम्सुम्याउने कोमल स्पर्शहरु
ओभानो ढुंगामा बसाएर
घाँसका भारीहरु भ्रिदिन्थ्यौं
र मुक्त कण्ठले सुनाउथ्यौं
मोराले विछट्टै घाँस काट्यो आज
कति अटिमय थिए ति पुल्पुल्याइहरु
मेरो छुल्याई र हुर्मतहरुलाई
सपक्क शब्दले ढाकिदिन्थ्यौं
र नि संकोच भन्थ्यौ – उसले तेसो कदापी गरेन
क्ति उत्कृष्ट थिइ ती ढाकछोहरु
अभाव गरिवीले विरक्तिएका
मनहरुलाई
मुटुभित्र दवाउथ्यौ र सम्पन्नताको
ढिडो पस्किन्थ्यौ
कति स्वादिष्ट हुन्थे ति भोकहरु
थर्थरी काँप्ने हिउँदे जाडोहरुमा
आफू जाडोले चिसिनथ्यौ
र मलाई छाती भित्र गुट्मुट्याएर
न्याने दिन्थ्यौ
क्ेशरासी भित्र लिखा र चम्कनाहरु
खोज्दै गर्दा,
म भुसुक्कै निदाउथे,
कति निस्फििक्ती थिए ति दिनहरु
घाँस, दाउरा , मेलापात र चुला –चौका
सम्हाल्दै
उकाली, ओरालीहरुमा निरन्तर
कुदिरहन्थ्यौ
सशनशिलताकी नमुना थियौ तिमी
कति निर्मल मुस्कुराउथ्यौं
अभावहरुमा
आफु भोकै बस्यौ र पोल्टाभित्र
खाजा उबाथ्र्यौं
रक्त अल्पताले गरेको आफ्नो जिर्ण
शरीर भुलेर
मेरो भोकहरुमा फिक्री गथ्र्यो
कति महान थिइ ति समर्पणहरु
मनै मनले भरिएको
सगरमाथा जत्रो मन बोकेर
आफूभित्र भित्रै रुन्थ्यौ र अरुलाई
हँसाउथ्यौं
कति सहजै हाँस्थ्यौं पिडाहरुमा
माया नै मायाले लपेटिस्का पुल्पुलिएको
मेरो बाल्यकाल जीवनका भोगाइहरु
स्मृतिको मानसपटलबाट
हे आमा
दिनदिनै बिलाउदै जादै हुन हरपल
तिम्रो त्यो पुल्पुलिएको , लाचारी छोरो
विवेक शून्य भएको छ मिडहरुमा
खाली खोक्रा मनहरु बेकेर
हाउ मे आइ हेल्प यु । को यान्त्रिक आवाजहरुमा
क्रिस्टिना र जुलीहरुलाई
लाचारी फिक्का मुस्कान बमन गर्दै
कहिल्यै नभरिएको मन भर्न
कहिल्यै नकमाएको धन कमाउन
अहोरात्र लागिपरको छ
आउछु र फर्कन्छुको तारतम्य
मिलाउदै
पराधिनताको जीवन विताउदो छ
गन्तव्यहिन यात्रामा लम्कदो छ ।