विराज समाजले आगोमा जलेर सक्तघाइते १० वर्षका बालक रोशन सापकोटाको उपचारका लागि रु २१ हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
कान्ति बाल अस्पतालमा उपचारका लागि केही दिन अघि भर्ना गरिएका रोशन र उनकी आमा रेणुका सापकोटालाई भेटी पूर्वसाँसद तथा विराज समाजका आजीवन सदस्य रामहरि खतिवडा , समाजका अध्यक्ष रामप्रसाद दाहाल र निर्वतमान अध्यक्ष दिनेश कुमार मगरले नगद हस्तान्तरण गर्नु भएको थियो ।
विराज समाजले रोशनको उपचारका लागि आर्थिक सहयोग गर्न विराज कोषबाट रु पाँच हजार आर्थिक सहयोग प्रदान गरि रोशनको उपचारका लागि कोष स्थापना गरेको थियो । सो कोषामा पूर्वसाँसद खतिवडाबाट रु पाँच हजार, समाजका सल्लाहकार प्रा. पुरुषोत्तम दाहालबाट रु दुई हजार , समाजका अध्यक्ष रामप्रसाद दाहाल एक हजार , निवर्तमान अध्यक्ष दिनेशकुमार मगरबाट रु एक हजार, आजीवन सदस्य तेजप्रसाद दाहालबाट एक हजार, आजीवन सदस्य कमला ढुंगेलबाट रु एक हजार, सल्लाहकार केशब दाहालबाट रु पाँच सय, आजीवन सदस्य सिता सुवेदीबाट रु पाँच सय, कार्य समितिका सचिव राजेन्द्रप्रसाद दाहालबाट रु पाँच सय, कोषाध्यक्ष नरबहादुर कटवालबाट रु पाँच सय जम्मा भएकोछ ।
त्यसैगरी समाजका कार्य समिति सदस्य गोविन्द दाहालबाट रु पाँच सय , ललित मगरबाट रु पाँच सय , आजीवन सदस्य रामकुमारी मगरबाट रु तीन सय जम्मा भएको छ । नेपाली काँग्रेसका नेता कुमार लुइटेलबाट रु पाँच सय र टुककुमारी बाग्लेबाट रु पाँच सय समेत कोषमा जम्मा भएको छ ।
रोशन केही दिन अघि कपनको मिलनचोकमा खेल्ने क्रममा ओगोमा परि घाइते भएका थिए । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ७ , विगुटार स्थायी घर भएका रोशनको २०६३ सालमा गर्भमा नै रहँदा बावु रुद्रप्रसाद सापकोटाको निधन भएको थियो । बाबुको निधन पछि रोशनकी आमा रेणुकाले रोशन र रोशनका दाई रविनलाई समेत लिएर काठमाण्डामा आई मिलन चौकको पेटीमा तरकारी बेची छोराहरुको लालन पालन गर्दै आउनु भएको छ ।
कपनको मुनलाईट स्कूलले नर्सरी देखि रोशन र रविनलाई निशुक्क रुपमा कक्षा ६ सम्म पढाउदै आएको छ भने यस वर्ष देखि रोशन र रविनको विधालय शिक्षाको प्रबन्ध पूर्वसाँसद रामहरि खतिवडाले गर्नु हुने भएको छ । विराज समाज रोशनको उपचारमा सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।