कतिसालको कुरा हो मलाई राम्रो सम्झना पनि छैन । ओखल्ढुङ्गाबाट काइँला काका झार्लाङटार हामीलाई भेट्न आउनु भएको थियो ।त्यस बेला बा यजमाने काममा सारै नै व्यस्त रहनुहुन्थ्यो । घरमा बा नभएपछि म आमाले भनेको नमानेर गाउँका दौंतरीसँग खेल्न दिनभरि नै खोलो, खेत र जङ्गलतिर जान्थें । ती दिन असाध्य नै महŒवपूर्ण दिन थिए । मैले जङ्गलमा जीवलाई मङ्गल हुने कुरो बुझेको पनि त्यसै बेला हो । आर्यले नदी किनारमा सभ्यता विकास गरेको रहस्य पनि शायद त्यस बेला खोलामा खेल्न नपाएको भए बुभ्mने रहेनछु । माछा मार्न,दुवाली थुनेर वविस, दुदे खिर्रो, चिलाउनेका बोक्रा कुटेर खोलामा घोलिदिएपछि ससाना माछा सोत्र्याम्म हुने कुरो बुझेर पछिसम्म पनि म सानातिना खोला खोल्सामा माछा मार्नुपर्दा विज्ञ नै कहलिन्थे । अहिले सबैतिर डाइनामाइट पड्काएर माछा मार्ने गर्नाले खोलाहरू खाली भएका छन् । त्यो प्रविधिमा नै नेपाली अडिएका भए आज पनि सानातिना खोला खोल्सामा माछा भेटिनेथिए जस्तो लाग्छ मलाई । अझ अहिले त अपराधको विकासले खोलामा करेण्ट लाएर माछा मार्नाले जलचर सबै सखाप भए । खोलो जलसार, सिमसार जीव हीन हुँदै गएका समस्याले पृथ्वी नै भयाकुल बन्दै गएका लेखहरू पढ्नपाइन थालेको छ । जीवो जीवस्य जीवनम् । जीव नै जीवको जीवन हो । हाम्रा घरको सम्पन्नताको चरम अवस्था थियो यो समय जस्तो लाग्छ मलाई । किनभने फेरि मेरो स्मृतिमा यत्तिको सम्पन्नता हाम्रा घरमा जुटेको पनि छैन । तर बाको प्रचीन पाण्डित्यपूर्ण जीवन शैलीका कारणले त्यसको लाभ हामीले धेरै लिन सकेनौ । गोरस र अन्न बिक्री नगर्ने बाको व्रतले दसौं वर्षको अन्न घरमा थुप्रन्थ्यो । आमा र म बानभएका बेला लुकेर बेची पनि दिन्थ्यौं । आफ्नो काम आफैंले गर्ने परम्परामा हामीलाई बाले बानी पारिदिनुभएकाले अहिले पनि मलाई काम गर्न दुख लाग्दैन । दुःख भनेको केहो ? कस्तो हुन्छ जस्तो लाग्छ । समानताको व्यवहार, आफ्नो आचरणप्रतिको कठोर नियम र निष्ठाको व्रत, छुवाछुत नगर्ने परिपाटिका कारणले बालाई बेलाबेलामा कन्धनी,जनाई र टुप्पी छामेर जात खोज्नेहरूले विवादित बनाएका घटना पनि मेरा स्मृतिमा छन् ।
आमा माइत जान नपाएको १०÷११ कति वर्ष भएको रहेछ ।राती आमा र बाका कुरा यस्तै भैरहेका थिए । मैले म पनि मओल जान्छु भने । बाले पढ्नु न गुन्नुका माओल गए भने त खस्रु कटाएर, हलो जोताएर पो राख्छन् ।तैंले पढेको छैनस् भन्नुभयो । म अलि रोड्याइँमा उत्रेंछु ।बाले हप्काएर सुत भन्नुभयो । बाको कडा स्वर सुनेपछि म डरले थर्कमान् हुन्थें ।सिरकले मुख छोपेर सुतें । बिहानबाट आमाले सामल,खाजा, कोसेलीपात आदिको व्यवस्था गर्न लागेको चाल पाएर म दिनभरि आमाकै पछिपछि लाग्नथालें । मेरो हर्कत बुझेर आमाले र काकाले पनि मलाई माओलमा लगेर छाड्ने त्यसो भएपछि मामाले पढेको देखेर पढ्न थाल्ला कि भनेर बालाई फकाएर मनाउनुभएछ । मलाई एक्लै छाडेर तँ र तेरी आमा माओल जाने नै हो त ?भन्नुभयो । मैले बाका काखमा बसेर त्यस बेला बालाई फकाएँ । कुरा गर्न यति जान्दछ । यी खुजालीसँग लागेर माझी र दनुवारका छोराको आचरण सिकेकोछ भनेर आमासँग कुरा गरेको पनि सुनें । जे होस म माओल गएँ । हाम्रा घरमा २४सै घण्टा सबै जहानले काम पनि गर्ने र खानलाउन पनि हामीले नै दिने गरी एउटा मुक्तनको परिवार हाम्रैमा आश्रित थियो । तिनलाई म मुक्तान दाइ,मुक्तान्नी भाउजू भन्थें । तिनका दुईवटा सन्तान एउटा छोरो र एउटी छोरी अलि सानै थिए । मुक्तान्नी भाउजू मेलापात गएका र आमा पनि नभएका बेला तिनलाई हेर्ने खेलाउने काम मैले गर्नुपर्दथ्यो । मेरी बहिनी गङ्गा पनि सानै भएकाले तिनलाई हेर्नुपर्दा मलाई साह«ै नै दिक्क लाग्थ्यो । यसबाट मुक्त हुनका निमित्त र माओल भनेको के रहेछ ? कस्तो हुँदोरहेछ भन्ने बुभ्mनका निमित्त पनि म माओल जान हतारिएको थिएँ । मुक्तान दाईलाई भरियाका रूपमा भारी बोकाएर आमा,काका,म र मुक्तान दाई सिन्धुली झार्लाङ्टार पाखाबारीबाट हिड्यौं । त्यस दिन बेलुका उपिन्थुम्कामा बास बसेका थियौं । त्यो घरमा बाले एक वर्ष पहिला पुराण भन्नुभएको रहेछ । बसेर कुराकानी गर्दागर्दै बाको नाम सुनेपछि घर मूलीले आमा, काका र मलाई गोडामा ढोगेर खीर पकाएर खान पनि दिए । सुत्न पनि राम्रोसँग व्यवस्था मिलाए । भोलिपल्टको बास नवल्पुर घाटनेर सुनकोसी गड्तिरमा भयो । त्यहाँ जुन घरमा बसेका थियौं तिनले फेरि मेरा हजुरबालाई चिन्दा रहेछन् तर गरिब भएकाले अरु केही गर्न दिन नसके पनि कुरा र व्यवहारले सारै नै खातिरदारी गरे । बिहान आठ बजेतिर भात खाएर हामी नवल्पुर सुन्कोसी त¥यौं । पलापुको उकालो अति नै लामो रहेछ । बेलुका साँझमा उकालो सकेर पलापु मगर गाउँमा पुग्यौं । त्यहाँ अलि ठूलो घर हेरेर काकाले बास माग्नुभयो । बास बस्यौं तर त्यस घरका केटाकेटीले चामलको भात पकाएको देखेर जसरी लोभ गरे त्यो देखेर मैले अमाले र मुक्तान दाईले तिनलाई पेटभरि भात खान दिएर हामीले खाजाका लागि बोकेका चिउरा खाएर सुत्यौं । काका चाहिं बिरामी पनि भएकाले भातै खानुभयो ।
त्यहाँबाट हामी बिहानै हिंडेर भाँगे सौरेनीमा बिहानाको भात खान पुग्यौं । सौरेनी भन्ज्यङबाट रामपुर, प्राप्चा, कटुन्जे फेदी गाउँ आदि देखिन थालेपछि आमा विशेष खुसी हुभयो । आज साँझ अबेला गरेर पनि बिउटार पुग्ने भनेर आमा हामीलाई चाँडो हिंडाउन लाग्नुभएको थियो । आखिर मोलुङ् खोलो तरेर उकालो चढेर रामपुर पुग्दा झमक्क साँझ परेकाले त्यस दिन रामपुरका कुनै घिमिरे जो मेरा माओलीका पुरोहित रहेछन् तिनका घरमा बास बस्नै परो । हिंड्ने बानी नभएकाले मेरा गोडा सुन्निएका थिए । त्यहाँ नुनपानीले गोडा धोएर चिल्लो लाउन लाइदिएकाले हलुका भएछ र म रातभरि सारै आनन्दले सुतें । आमा भने माइत पुग्न हतारिनुभएकैजस्तो लागेको थियो । पलापुको त्यो बास र ती केटाकेटी जसले चामलको भात देखेर धानी माम कि जाउली माम के भनेर हो रमाएर नाचेको र कतिबेला पाक्ला र खान पाउँला भनेर हतारिएको दृश्य आज पनि मेरा आँखामा ताजै छ । तिनले त्यो धोको पूरा गरेर सामान्य किसिमले नै भात खानसक्ने अवस्थामा आफूलाई पु¥याएपु¥याएनन् मलाई थाहा भएन । नेपालको राजनीति र राजनेताले त २००० हजार वर्षमा पनि पु¥याउलानजस्तो मलाई आज पनि लागेको छैन । यिनका खुट्टी देखेर नै अन्दाज लाएकोछु मैले । रामपुरमा बास बसेर बिहानै हिंड्यौं । हामी ९ बजेतिर बिउटार पुग्यौं । घरमा सबै बिहानै भात खाएर मेलापात गएका रहेछन् ।हजुरआमा घरमा भएकाले हजुरबा पनि कतै गाउमा जानुभएको रहेछ आइपुग्नुभयो । हतारहतार गरेर भात पकाएर हजुरआमाले हामीलाई खुवाउनुभयो । बाहिर दलानमा एउटा ठूलो खाटमा एउटी बुढी मान्छे थिइन् । तिनीसँग आमाले विशेष कुरा गर्नुभयो र आफूले लगेको कोसेली पनि खुवाउनुभयो । तीनचार दिन बसेपछि आमाले मलाई एक जना पुण्यप्रसाद दाहाल (रामपुरबाट पढाउन बिउटार गएर बसेका )सँग लगेर पढाइदिन भन्नुभयो । तिनले पनि मलाई नाति भनेर जवारीको खल्तीबाट मिस्री नरिवल निकालेर खान दिएकाथिए । आमा छउन्जेल आमासँगै गएर ती हजुरबा(सिकाएअनुसारको )सँग पढि टोपलें । १०÷१२ दिनजस्तो बसेर आमा हिंड्नुभयो । आमा हुँदै पनि मेरो र कलानिधि मामाको दोस्ती जमिसकेको थियो । मामाभन्दा म एक वर्ष जेठो रहेंछु । आमा हिंडेपछि मलाई कर गरेर पाठशाला लाने मान्छे पनि भएनन् । अनि त हामी (कलानिधि मामा र म) चौबीसैैै घन्टा खेल्न, घुम्न र उपध्रो गर्नतिर लाग्यौं । म र मामाको एकवर्षको जेठकान्छी भएकाले हामी कुस्ती पनि खेल्थ्यौं । मिल्थ्यौं पनि । दुईचार दिन घरका मान्छेको आँखा छल्न म लघुकौमुदीको पुस्तक बोकेर पनि हिंडें तर एक दिन खरी खानीमा जाँदा पुस्तक खरबारीमा कहाँखसो कहाँ मैले चालै पाइन । भोलिपल्ट खोज्दा नभेटेपछि सम्झना चाहिं भयो तर गाली खाने डरले मैले भन्दैभनिन । दिउँसो घरमा कोही पनि नभएको बेला पारेर कलानिधि मामा र म टोड्की बुढीलाई तर्साउँथ्यौ । ती को थिइन् राम्ररी मैले जानिन । तर तिनका कोही पनि नभएकाले होला र अन्धी पनि भएकाले मेरा माओलका हजुर्बाले नै पाल्नुभएको थियो । यो को¥याई टोड्की भनेर रिसका बेला मामाहरूले गाली गरेको सुनेको थिएँ । बिउटारकाको रिसका बेला गालीका अर्थमा भन्ने शब्द नै हरिया बाँसमा तीन ठाउमा बाँधेर तँलाई टुँ ३ र को¥या÷को¥याई लिङ्ग अनुसार रहेछ । यी मैले पनि सिकेको थिएँ तर पछि खुँजमा आएपछि एकजनालाई मैले भने र त्यसले बालाई भनिदिएकाले मैले बाका हातको पिटाई सारै स्वादले खाएको छु । बिउटारमा अरु सबै कुरा मलाई मन पनि परेको हो तर बिहानबेलुका खाने बेलामा मलाई घरको सम्झना हुन्थो किनभने म ढिंडो खान जान्दिनथें । कहिलेकाहिं सिक भनेर हजुरआमा मलाई पनि ढिडो दिनुहुन्थो तर म चाहिं त्यस दिन भोकै बस्थें । एक गाँस पनि खान सक्दिनथें । कलानिधि मामा मलाई देखाएर ए भानिज यिः यसरी क्र्वाल्याक्क पारेर निल त भन्नुहुन्थ्यो तर म नचबाईकन निल्न नसक्ने भएकाले होला मैले कहिल्यै पनि सिक्न सकिन । अचेल पनि कहिलेकाहिं साथीहरू ढिडाको कुरो निकाल्छन् तर मलाई मिठो पनि लाग्दैन र मैले खान पनि जानिन । सिस्नु मैले खाएको थिएन । एकपटक बाका परम मित्र छिरिङबासका इन्द्रप्रसाद काफ्लेका घरमा बाले पठाएर गएका बेला खाने मौका परो । जिनतिन एकछाक बेलुका पेट भोकै भएपनि र मिठो नलागे पनि अघाएँ मिठो लागो भनेर ढाँटें । च्याँख्लाको भात गोरस बिना र ढिंडो अनि यो सिस्नुफिस्नु केके हो मलाई पटक्कै मनपर्दैन । अचेल पनि यी चिज मलाई कसैले दिए भने त्यस दिन म भोकै हुन्छु । मलाई धेरै मिठो चाहिने पनि होइन । म एक पेट भात त शुद्ध पानीसँग मुछेर पनि खान्छु । म पिरो खान सक्दिन । त्यसो भएकाले यदाकदा दाल तरकारी पिरो भयो भने र अन्य सितनको व्यवस्था दुर्लभ रहेछ भने पनि मलाई फरक पर्दैन । गिलासको पानीसँग दूध र भात खाएझैं स्वास्वाम खाइदिन्छु तर ती चिज भने यस जुनीमा मैले खान सकिन ।
बिउटारमा मेरा दुईवटी फुपू दिएको रहेछ । कान्छी फुपू नीलकण्ठ दाहाललाई र काँहिली फुपू मोतीलाल दाहाललाई । कान्छी फुपूको घर भँगेरीमा थियो । अहिले लेटाङमा बसाइँसरेका छन् । काँहिली फुपू र फुपाजु पहिले नै जेठा भान्दाइ ३ वर्षका र कान्छा भाइ १ वर्षका छाडेर परमधाम भएकाले तीनलाई हामीले नै हुर्काएर पढाएर विहादान सबै गरेका थियौं । खगेन्द्र भान्दाइले महेन्द्र मोरङ क्याम्पसबाट वी ए पास गरी त्यही नगरपालिकामा जागिर पनि खाँदै छन् क्यारे । भाइ शान्तिले पढेनन् । धेरै वर्ष भागेर बेपत्ता भएर अहिले आएर खेतीकिसानी गरेर बसेका छन् । यिनीहरूको घर, जग्गाजमीन पैरेमा थियो । पछि भान्दाइ सक्षम भएपछि बेचेर विराटनगरमा लैजानुभयो । भँगेरीमा नै पुरु मामाको पनि घर थियो । म कहिले पुरु मामाका घरमा र कहिले कान्छी फुपूका घरमा पनि बस्न जान्थें । त्यस बेला तिमी कता गयौ हँ भानिज भनेर भेटभएपछि कलानिधि मा सोध्नुहुन्थ्यो । गोपी सापकोटा, गिरिराज खतिवडालगायत कोको चारपाँच जना ढुण्डी मामाका साथी थिएजस्तो लाग्छ । म, कलानिधि र पुरुषोत्तम चाहिं एक दामलीका थियौं । एक दिन के कुरामा हो त्याँवाले मलाई रिस उठाएकाले मैले बज्या, त्याँब,े भोटे भनेर गाली गरें । त्यसले मलाई दिनभरि लखेटो । म भागेर पुरुषोत्तम मामाका घर गएँ । त्यहाँ अरु कोही पनि थिएनन् । मिठाई सानीमा हुनुहुदोरहेछ । उहाँले मलाई लुकाएर यहाँ आएकै छैन भनेर फर्काइदिनुभयो र मैले सास फेरे । बेलुका घरमा आएर हजुर्बालाई कुरा लायो । उहाँले कसरी सम्झाउनुभयो । उसले मलाई तेरी आमा “गोथीले मेरो काखमा हागेको गु हात आहिले पानि गान्नाइराख्याको छा , तुँ मालाई ताँ भान्छास् ?” काठा भनेर बिउटार बसुन्जेल गाली गरिनै रह्यो । पाल्देन पनि आइ नै रहन्थ्यो तर त्यसले पनि मलाई जिस्क्याएन र मैले पनि त्यसलाई केही भनिन । यि दुईमध्ये कसको छोरो हो एउटा जुकुछिरे भन्ने त्यस बेला हामीभन्दा अलि ठूलो थियो । आएका बेला हामीसँग मिलेर खेल्थ्यो ।
कलानिधि मामा र म दिउँसो पैरेको गोठबाट भैंसी फुकाएर बुके खोलाको पँधेरो जहाँ एउटा सानो आहाल पनि बनिएको हुन्थ्यो ।त्यहाँ लगेर जबर्जस्ती किसिमले काली र झुप्पे भैंसीलाई आहाल राख्थ्यौं । जाडाका बेलामा पनि त्यसो गर्दा शायद भैंसीको आङ ठिहि¥याएको हुनाले त्यहाँबाट निक्लेपछि भीर पाखो बाटो अबाटो केही नहेरी दुवै भैंसी ठाडो पुच्छर लाएर उफ्रन्थे । हामीलाई मजा आउथ्यो । दुनियाँको बाली नै स्वहा पारे पनि हामी त भैंसी उफ्रेकैमा दङ्दास हुन्थ्यौं । कतिपयले गाली पनि गर्थे तर हामीलाई यसको मात्र होइन कुनै पनि कुराले छुँदैछुँदैनथ्यो यो बानी कलानिधि मामामा आज पनि म देख्छु । खोई केले हो म अलि परिवर्तन भएँछु । अहिले मामासँग आफूलाई दाँजेर हेर्दा यस्तै लाग्छ । एक वर्ष पनि पूरा नहुँदै हजुरआमाले कुटुम्बको सन्तान पढेन । यो कालेसँग लागेर झनै बिग्रनेभयो । कोइरालाको झ्वाँक केके गर्नेहुन् ? लौन नानि (ठूला मामालाई हजुरआमा नानी भन्नु हुन्थ्यो ) भानिज खुँजमा पु¥याएर आइज भनेर पठाउनुभयो । पूर्वतिरबाट दक्षिण पनि घेरेर बग्ने पोक्तिङ्खोलो, पश्चिमपट्टिको सिमाना पल्लो खोलो र राँगादीप गाउँ । उत्तरतिर खरबारी, रानीवन, तारेभीर साउने, बुके, भँगेरी, लिन्चार, पोखरी, पैरेजस्ता नामले चिनिने बिउटारका गाउँहरू आज पनि मेरा मनमस्तिष्कमा झल्याकझुलुक झुल्किने गर्दछ । जहाँको मृतकण र प्रकृतिले मेरी आमाको मनमस्तिष्क बनायो र आधा मेरामन मस्तिष्कमा पनि प्रभाव छाड्नसकेकै होला भन्छु । म खुँजमा आएर बाका कडा अनुशासनमा बसेर पढ्न थालें । केही वर्षपछि जनकपुरको ज्ञानकूपमा गएर पढें । त्यहाँबाट पूर्वमध्यमा पास गरेर म मट्टिहानी गएँ । त्यहाँ म स्नातकमा पढ्दै गर्दा फेरि कलानिधि मामा मट्टिहानीमा पढ्न आउनुभयो । कलानिधि मामाले अङ«ेजीतिरको एस एल सी गरेर संस्कृत पढ्न आउनुभयो । यो हाँस न कागको चालभयो कि ? किनभने संस्कृत पनि कमजोर भयो । अङ«ेजी पनि कमजोर नै भयो होला कि भन्छु । मेले घूँडा धसेर पढ्दा त संस्कृत काम चलाउ मात्र बनाउन सकें भने मामाले त अशिक्षित रहनुभन्दा शिक्षित बन्न कबुल गर्नुभयो होला भन्ने लाग्छ । हो, कलानिधिमा सिर्जनात्मक प्रतिभा बेजोडको छ । सहज ज्ञान पनि उहाँसँग अब्बलदर्जा कै भएकाले मात्र इज्जत धान्नुभयो । अन्यथा एस एल सी गरेपछिको पढाइमा उहाँमाथि यदि कुनै कसैले गरेको हो भने पनि र आफ्नै स्वेच्छाले हो भने पनि अन्याय भएको मान्नैपर्छ । माध्यमिक शिक्षा नै शिक्षाको जग हो त्यो एउटा र माथि अर्को हुँदा धेरैजसोले तह पार गर्नै सक्तैनन् । मलाई यसको राम्रो अनुभव छ । म पढाइमा नराम्रो थिइन तर अहिले आङ्गल भाषाको दब्दबा देखेर सिक्न थाल्दा सन्तोषजनक किसिमले कण्ठ गर्नै सक्दिन । उहाँलाई पनि त संस्कृत त्यस्तै त भयो हो भन्छु । संस्कृत एकपटक हेरेपछि पुग्नेगरी नै सम्झन्छु तर आङ्गल भाषा भने अहिले सिको एक्छिन्मा नै बिर्सन्छु ।
यसरी हामी आज जहाँ छौं । जे छौं र जे भयौं ; त्यो हामीजस्ताका निमित्त केबल प्रकृतिले हाम्रा टाउकामा राखेको बोध क्षमता र हाम्रो निजी सङ्घर्षको मात्र हात छ भने पनि हुन्छ । बतासले उडाएर ल्याएको दुईचारमुठी माटो चेप्टो ढुंगामा जम्मा भएका ठाउँमा पनि रुख उम्रन्छ तर त्यो टाक्सिन्छ । त्यसले पर्याप्त घामपानी र हावा पाए पनि माटो पाउँदैन । साराका सारा जीवमा जीवनशक्ति माटोबाटै आउँछ । आहार नै नपाएको जीव कसरी मौलाओस् ?परार हजुरआमा ९४ वर्षको उमेरमा बित्नुभयो ।अरु सबै मामाहरू हाम्रो परम्परित रीतिले बसे पनि कलानिधि मामा बस्नुभएन ।मैले सुनेको छु एक जना आचार्य थरका व्यक्ति पनि शास्त्रज्ञ भएर नै म्लेक्षदेशमा बसेर आएको छोरासँग बसेकी हुनाले आमा पनि म्लेक्ष नै भइन भनेर दाहसंस्कारमा घाट पनि गएनन् तर अहिले ती महा पण्डित पनि हीनताभास र आमाको क्रिया नगरेकाले श्राद्ध पनि गर्ने अधिकारबाट वञ्चित भएको बोधले मर्नु न बाँच्नु भएकाछन् रे । आजको समयमा पुग्दा विज्ञान र अध्यात्मको पनि निकै विकास भैसकेकोछ । हाम्रा पूर्वीय मनीषीहरूले आत्मलाई अजरामृत भनेका छन् । हाम्रो अतिवाहिक शरीर अङ्गुष्ठप्रमाणको छ पनि भनिएकोछ । अतिवाहिक भनेको अस्थिर,चलायमान हो । मान्छे मरेपछि उसको पाञ्चभौतिक शरीर छुट्छ र अतिवाहिक शरीर लिएर उसले हावामा कावा खाँदै यत्रतत्र भौंतारिनुपर्छ भनेर शास्त्रले वर्णन गरेको छ । यो कुरो मलाई पनि हावादारी कल्पना जस्तै लाग्थ्यो । तर आज नासाका गतिविधिले ल्याएका कुरा र हाम्रा वेदवेदाङ्ग खास गरी उपनिषद् र ब्राह्मणग्रन्थमा पाइने ऋषि चिन्तनका विचमा रिठ्ठो नबिराईकनको मेलले अचेल म झस्कनथालेको छु । दर्शनमध्य कै जेठो दर्शन हो साङ्ख्य । त्यसले पच्चीस तŒव मानेर पच्चिसौंमा पुरुषको कल्पना गरेकोछ । यो पुरुष भनेको नै ॐ हो । यो नै ब्रह्म हो । यसैले शब्दब्रह्म पनि यसैको संविद्रूप र विवृद् रूपका परिणाम मानिन्छन् । जसरी माकुराले आफ्ना मुखबाट जालो निकालेर जाले घर बनाउँछ त्यसरी नै ज्ञानस्वरूप त्रिगुणतीतब्रह्ममा जडप्रकृतिको गुणात्मक आभासबाट नाना सृजना हुन्छन् र फेरि जड प्रकृतिको कम्पनावस्था सकिंदा विनास हुन्छ । यो तŒव बुझ्नेका निमित्त किरिया अनावश्यक नै हुनसक्छ । यो नबुझ्नेका निमित्त चाहिं राग र मोहका पर्दाले भ्रमित गराउने हुँदा पिण्डपानी आवश्यक छ भन्ने पूर्वीय चिन्तनको चुरो रहेको देखिन्छ । पूर्वीय चिन्तनले आत्मतŒवलाई अच्छेद्य, अदाह्य, अक्लेद्य, अशोष्य, नित्य, सनातन र स्थाणु पनि मानेको छ । यो जन्मदैन, मर्दैन र यो कहिल्यै भएन र हुनेवाला पनि छैन भनेको छ । जसरी मैलोले ऐना ढाकिन्छ र जसरी जालोले गर्भस्थ शिशु ढाकिएर बस्छ त्यसरी नै अज्ञानका कारणले मात्र देहगेहाभिमान हुने कुरोसम्म कलानिधि मामाका कुरा सोह«ै आना ठीक छन् । तर पदार्थको पदार्थत्व अविनष्ट छ भनेर ज्ञानविज्ञान दुवैले मानेका छन् । तत्र गन्धवति पृथ्वी ?सा द्विविधा नित्यानित्याश्च । नित्या परमाणु रूपा अनित्या मृत्पाषाणस्थावरजङ्गम रूपा । अनित्या गन्धवती दृश्यवतिश्च सा विनङ्क्ष्यति । किन्तु नित्या पृथ्वी अदृश्या, अविनष्टापि च । अनन्तकोटिब्रह्माण्डस्य नायकत्वेन ईश्वरस्यानन्तत्वमपि सिध्यति । यस न्यायलाई विचार गर्दा पनि पूर्वका कुरा बतासे हुन् भन्न सकिंदैन । किनभने यस्ता सौर्य परिवार अनगन्ती छन् भनेर ज्ञानविज्ञान दुवैले मानेका छन् । आज विज्ञानले पनि आत्मतŒवको अनेकौ प्रकारले खोजी गरिरहेका सूचना हामी समक्ष आइरहेका छन् । पूर्वले भनेजस्तै केही भएको तर समात्न नसकेको र त्यसलाई क्यामरामा पनि राख्न नसकिएको सूचनाले त आत्मको परमसूक्ष्मता र सर्व व्यापकताको सद्धिान्तलाई नै समर्थन गरेको देखिंदैन र ? अनि इलेक्ट्रोन प्रोटोन र न्युट्रोनलाई ब्रह्मा, विष्णु र परब्रह्मस्वरूप शिवत्वमा एकीभूत गरेर खोज्दै जाँदा दुवै (ज्ञान विज्ञान) एउटा लोक कथाका लोग्नेस्वास्नी बेलुका एकै घरमा पुगेको परिणति आयो भने नि ? के हला नामक दानवको पूर्वेली कुरो र पोटासियम साइनाइट आविष्कारक र आस्वादकका कथा मिल्दैनन् र ? ऋग्वेद— ऐत्तरेयोपनिषद्को “प्रज्ञानं ब्रह्म”, शुक्ल यजुर्वेद, बृहदारण्यकोपनिषद्को “अयमात्मा ब्रह्म”, सामवेद छान्दोग्योपनिषद्को “तŒवमसि” र अथर्ववेद माण्डूक्योपनिषद्को “अहंब्रह्मास्मि” लाई वेदका चार वाक्य भनिन्छ । ज्ञानविज्ञानका परमरहस्यहरू पनि यिनैमा आधृत रहेको कुरो परम रहस्यविद्योगी र दार्शनिकहरू बताउँछन् । आत्मा र ब्रह्म एकै हो । यसमा भेद बुद्धि रहुन्जेल अरुको मद्दत चाहिन्छ । रिगटा लागेको मान्छेका आँखा बिग्रेका पनि हुँदैनन् । त्यसले मादक पदार्थ सेवन गरेको पनि हुँदैन तर घर घुमेको देख्छ । घर घुम्छ र ? देहगेहाभिमानी आत्म पनि यसरी नै अनुरक्त रहने हुनाले त्यसलाई त्यस दलदलबाट निकाल्न मद्दत गर्नु औरस सन्तानको कर्तव्य होइन र ? दान गर्ने भनेका चाहिं काम लाएपछि पारिश्रमिक दिने कि नदिने ? नदिनु उचित होलार ? विष र अमृत यसै जगत्का रसादिबाट विज्ञले बनाउने कुरा त तपाइँ पनि मान्नुहोला नि ? अनि यसै कुरामा चाहिं यत्रो अविश्वास किन ? कुनै पनि कुरालाई सूक्ष्म कारणसहित हेर्नु पर्दैन र ?
यसरी हेर्दा कलानिधिले आमाको किरिया नगर्नाका कारणहरू पर्यााप्त र चित्तबुझ्दा छैनन् । मैले अंश लिएको छैन त्यसो भएकाले बुढी आमा पाल्दिन भने कसैले भने त्यसलाई म मान्छे या दई खुट्टे प्राणी जो अन्न खान्छ नै मान्दिन । शायद तपाइँ पनि मान्नुहुन्न । त्यो पुच्छर कुण्डली परेको जुठो खाएर ढोका कुर्ने हो किनभने त्यसले आमाबाबु र दाजुभाइ मान्दैन । मान्छे नै यस्तो जीव हो जसले इतिहास मान्छ, बनाउँछ र आवश्यक्ता पर्दा भत्काउँछ पनि । छोरीजुवाइँ आउँदा आमाको रूप, रङ र बोली व्यवहारले बेईज्जतहुन्छ भनेर तपाइँका कुनै दाजुले भनेका हुन्भने ती पनि त्यसै श्रेणीका हुन् । किनभने मान्छे बुढो पनि हुन्छ । मान्छेलाई रोग पनि लाग्छ । मान्छे नै सहर या गाउँको परिवेशमा पनि बस्छ र शिक्षित अशिक्षित पनिहुन्छ जसले आफ्नी आमाका सम्बन्धमा त्यसो भन्छ त्यसका छोरी विहा गर्ने पनि कतै नभएको आफू सीधै ब्रह्मलोकबाट आएको । बाबुको वीर्य र आमाको रजमा भएका सङ्घर्षको परिणामभन्दा भिन्न किसिमले बनेको शरीरवान् होला र ? त्यसका पनि त बाबुआमा पनि होलान् ? कि त्यो स्वयम्भू हो ? यी दुवै आमाको और्धदेहिक क्रिया नगर्ने कारण होइनन् । यिनलाई मान्न सकिंदैन । बाको काजक्रियाकै बेला “आमा ! म तपाइँको क्रिया गर्दिन” भनेको र आमाले पनि “म मरिहाल्छु तँ बज्या क्रिया गर् कि नगर् मलाई केमत्लव” भनेका दुईवटा कुरालाई एकछिन् विचार गर्दा पनि कलानिधि यस विश्वको सचेत मान्छे भएकाले त्यसो भन्ने दाजुहरूकै अघिल्तिर १५वर्षसम्म अमालाई पालेर ९४वर्षको उमेरमा परलोक भएकी आमालाई ज्युँदैमा सबै कर्म गरेकाले मरेपछि गोहीका आँसु चुहाउनु आवश्यक देखिन भनेकाले मलाई घोर आश्चर्य लागो । नौ महिना गर्भमा बोकें अब दूध ख्वाउँदिन भनेर कुनै आमाले भन्लान् ?यो सुहाउला ? आजको विश्वमा सात अर्ब मान्छे होलान् के कलानिधि तिनीहरू जस्तै होइनन् ? उनका चार हात चार खुट्टा त होइनन् होला । उनी पनि अरु जन्मेजसरी नै जन्मेका थिए होला । त्यसरी नै स्वास्नी ल्याएको छोराछोरी जन्माएको पनि हामीले देख्यौं । उहाँका भन्दा बढी सहज ज्ञान भएका सुरदास, सुकरात, महाकवि देवकोटा, राम, कृष्ण आदि अनगन्ती मान्छे संसारमा भेटिन्छन् । अनि उहाँले दिएको म सचेत मान्छे भन्ने तर्कमा म कसरी चित्त बुझाउँ ? यो त माओवादी तर्क भयो । उनीहरू मात्र ठीक । अरु बेठीक । उनले भनेको सबैले मान्नुपर्ने तर अरु चाहिं प्रतिक्रियावादी र पुरानो सत्ताका सम्पोषक । अब कलानिधिले पनि यही बाटो रोजेको हो भने त मेरो केही पनि प्रश्नोत्तर छैन किनभने मैथिलीमा एउटा उखान छ पन्चो के बात मानव खुटा यही ठाम गाडव । होइन भने सेन्तो, बौद्ध, क्रिश्चियन, मुस्लिम , हिन्दु । हिन्दुका पनि अनेक सम्प्रदाय छन् श्रीवैष्णव, लस्करी वैष्णव, निम्वार्की वैष्णव, स्मार्त, शाक्त र सन्यासी । यसका पनि अनेक सम्प्रदाय छन् । स्मार्तमा पनि अनेक चलन र रीति रहेको देखिन्छ । के यी सबैभन्दा भिन्न हुन् त कलानिधि ? आधार के ? यिनीहरू सबैका अन्त्येष्टि विधि र पद्धति छन् । उहाँजस्तो अन्त्येष्टि नै नगर्ने मैले आजसम्म देखेसुनेको थिएन । सबैका आआफ्नै प्रकारका भए पनि अन्त्येष्टि विधि पनि छन् र गर्छन् पनि तर अरुले पढेझैं पढ्नु पनि पर्ने, अरुले झैं नै घरजम पनि गर्नुपर्ने बिहानबेलुका भात पनि खानै पर्ने, अनि अरुले जसरी नै यसै धरामा बाँच्नु पनि पर्ने, जागिर पनि अरुले जसरी नै खाने अरु समान नेपाली आदि विश्वकै प्रचलित भाषा पनि बोल्ने लेख्ने तर बाबुआमाको औद्र्धदेहिक क्रिया चहिं गर्नु नपर्ने रे ? यो तर्क मैले बुझिन । मैले जानेको ज्ञान र विज्ञानले नै पनि यो तर्क बुझन मद्दत गरेन । अचेल वी पी को उदाहरण कतिपयले दिन्छन् तर त्यो बुझेर दिए म त्यसलाई सलाम गर्छु ओठे जवाफ मान्नुपर्छ भन्ने केही छैन । उनले राणाराज नसकुन्जेल पिताको श्राद्ध किन गर्ने ? उहाँको मुराद पूरा नभई मोक्षमार्गमा किन पठाउने भनेको हो । पछि आफ्ना बारेमा पनि उहाँले महेन्द्र शासनमा आएको पद्धति नसकुन्जेल मेरो पनि किरिया नगरे हुन्छ भन्नुभएको देखियो । मैले बुझेको यही हो किनभने वी पी ले धर्मका बारेमा कहिल्यै पनि उत्ताउला कुरा गरेको मैले पढ्न, सुन्न पाएको छुइन । म पनि वीपी का बारेमा जान्न र बुझ्न लागेकै मान्छे हुँ । अहिलेका काँग्रेसीजस्तो डेढ अक्कली उहाँ हुनुहुन्नथ्यो ।राज्यको धर्म हुन्छ र हुँदैन भन्ने अब यिनले उहाँलाई पढाउलान् ।
हाम्रो देशमा अहिले विश्वका मुद्रा व्यवसायी संस्था खुलेकाछन् । ती संस्थाले जसरी एक देशको मुद्रालाई परिवर्तन गरेर जुन देशको चाहिने हो त्यसै देशको मुद्रा उपलब्ध गराउँछन् त्यस्तै प्रकारको व्यवस्था अन्त्यपद्धतिमा गरिएको रहेछ । ढिकुरो योनिबाट निक्लँदै गरेको मान्छेको टाउकाको रूपको बनाइँदोरहेछ । त्यसमा एउटा कुशको मान्छे कव्यवाहनको प्रतिनिधि हुँदोरहेछ । त्यो पनि विश्वेदेवा नामक देवताकै विभागमा पर्दोरहेछ । त्यहाँमृतकका छोराले दिएको पिण्ड आदि बाट तीन भाग लाग्ने रहेछ । एक भाग पे्रतको आहार, एक भाग डढाएर बिगारेको शरीर (यदि जन्मने खालको भए) बनाउन र एक भाग विश्वेदेवलाई र कव्यवाहनलाई करस्वरूप । दिएपछि तिनले त्यो दिइएको सामग्रीलाई प्रेतको उपभोग्य सामग्रीमा रूपान्तरण गरेर पु¥याउँछ भन्ने कुरा गरिएको रहेछ । यो व्यवस्थाको कल्पना देख्दा यो केबल भावुक क्षणको बहुलठ्ठीपन हो भनेर सचेत मान्छेले भन्न मिल्दैन किनभने यसलाई नमान्ने हो भने अन्नले शरीरलाई पोषण गर्छ भन्ने कुरो पनि मान्नु भएन । अन्नाद् भवन्ति भूतानि, यज्ञात् भवति पर्जन्य, पर्जन्यादन्न सम्भव । अर्थात् अन्नमा समस्त प्रणी बाँचेका छन् । यज्ञबाट वर्षा हुन्छ । वर्षाबाट अन्न उब्जन्छ । यो यस्तो प्रकृतिचक्रको कुरो गरिएको छ कि जसरी सूर्यका किरणले समुद्रको पानीलाई वाष्पीकरणबाट आकाशमा पु¥याउँछ र बादलले वर्षाएको पानीले फेरि पनि समुद्र नै जलपूर्ण बन्छ । तील, जा,ै घिउ, चामल, दूध,यी सबै प्राणीलाई प्रपोषण गर्ने तŒवको संयोजन गरिएको छ । भृङ्गीराजबाट टिन्चर आयोडिन बन्छ । ऊनीको कपडा डढाएर त्यो खरानी मात्र पनि पाकेको घाउमा लायो भने तत्काल त्यसलाई सुकाउँछ र त्यहाँ खाल्डो हुने भए पनि मासु पलाएर जस्ताको तस्तो बन्छ । यी हामीले व्यवहारमा पनि चालपाएकै कुरा हुन् । बाँकी अन्य कतिपयमा चाहिं व्यावसायिकता पनि रहेछ । हामी डाक्टरको शुल्क तिर्छौं । इन्जिनियर लाउँदा उसलाई पनि शुल्क मागे बमोजिम दिन्छौं भने त्यो बाहुन चाहिं हाम्रो बँधुवा मजदूर त होइन । ऊ पनि त पढेलेखेको विज्ञ हो नि । उसले पनि आजको युगमा आफ्नो शुल्क पाउनुपर्ने होइन र ? यसमा राज्यको दोष देखियो । नुनले उत्तेजना बढाउने, अन्य कतिपय वस्तु त्यो संवेदित अवस्थामा अशोभनीय भएकाले परिष्कार पनि गरेको देखें मैले । अन्य धर्ममा भए कलानिधि दाहाललाई समाजले, धार्मिक अधिकारीले, कानुनले नै पनि दण्ड सजाय गरिसकेको हुन्थ्यो । प्रकृतिपरक आर्यवैदिक सनातन धर्म भएकाले मैले आमाको किरिया गरिन भनेर डुक्रँदै हिड्न पाउनुभएको छ । सेन्तो धर्म मान्नेले आठ दिनमा पवित्र बन्नैपर्छ । क्रिश्चियनका पनि पादरीका कुरा नमाने तिनले धर्मबाटै निष्कासन गरिदिन्छन् । मुस्लिम धर्ममा त झनै भयानक कट्टरता छ । बौद्धिष्टको पनि कलानिधिका झैं गर्ने छुट पाइँदैन । विशालवटवृक्ष रायाको दानुभँदा सानो वरको दानामा अट्दैन र ? पदार्थ नासिंदैन । यो रूपान्तरित हुन्छ त्यस कारण पनि पुत्रको पितामाताका प्रति कुनै न कुनै कर्तव्य बाँचुन्जेल र मरेपछि पनि रहन्छ नै । आत्म तŒव बुझेका महा योगीहरूको औद्र्धदेहिक क्रिया नगरे पनि हुन्छ किनभने उनीहरू विज्ञ हुन्छन् । पहिले नै मनो सङ्कल्पका माध्यमले आफ्ना समस्त वासना, आकर्षण र लिप्साका जरा काटिसकेका हुन्छन् । तपाइँकी आमाले त्यो गर्नु सम्भव थिएन । त्यसैले उहाँमा देहगेहाभिमान बाँकी रहेकाले सम्पन्न र सुखी पुनर्जीवनका निमित्त पनि सन्तानले कामना गरिदिनु भावनात्मक दृष्टिले पनि सर्वथा औचित्यपूर्ण देखेको छु मैले । यस दुनियाँका मान्छे चार तिरबाट त्यो पुनर्जन्म हुने नहुने निर्णय दिने ठाउमा जान्छन् । पूर्वको बाटो, उत्तरको बाटो, पश्चिमको बाटो र दक्षिणको बाटो । पूर्वबाट ठूला योगीहरू, तपाइँजस्ता सहजज्ञानसम्पन्न, कर्तव्य परायण, सत्यवादी (तर अर्काकी स्वास्नीसँग सुतेर ब्रह्मचर्यको ढोग देखाउने चाहिं होइन नि ) उत्तरबाट स्वकर्मनिरत विवेकी व्यक्तिहरू सुखपूर्वक जान पाउछन् । पश्चिमबाट नयाँ कुरा खोज अनुसन्धान गरेर नयाँ कुराका रूपमा यस ब्रह्माण्डमा भएका कुराको सत्यान्वेषकहरू बहुत सुखपूर्वक जान्छन् । अर्काकी स्वास्नी ताक्ने, कन्या केटीलाई बलातकार गर्ने, झूट्टो बोल्ने र मानव जीवनमा सम्भव हुनेजति पाखण्डकर्म गरेका चाहिं दक्षिणको बाटो त्यो ठाउँमा जान्छन् जहाँबाट कहिले ? कसरी ? कस्तो ? जुनीमा जानुपर्ने या नपर्ने निर्णय हुन्छ । दक्षिणको बाटो चाहिं अत्यन्त नै भयानक र कष्टदायक बताइएकोछ । यो पनि तोकेकै दिन ग्रहण लागेजस्तै सत्य हुन पनि सक्छ । नदेखेको कुरामा अविश्वास गरेर व्यवहार र शास्त्र दुवै मार्ग अवरुद्ध हुन्छन् । पानी बनाउने तŒव हामीले देखेका छैनौ भन्दैमा पानी बन्दैन र ? सम्भोगका बेला नारी योनिबाट स्रावित हुने रजडिम्ब र पुरुषेन्द्रियबाट स्रवित हुने शुक्र कीट तपाइँले नाङ्गा आँखाले देख्नुभएको छर ? तर के त्यसलाई विशेष प्रक्रियाबाट प्रत्यक्ष गरिएको छैन र ? सकिन्छ भने पूर्वपश्चिमका खोज अनुसन्धान पढेर बुझेर आफ्नोभन्दा ठूलो चौडा र गहिरो गिदी भएका पनि होलान् भन्ने ठानेर हाँसले पानीबाट दूध निकालेर पानी छाडे झैं नीरक्षीर विवेकी र समदर्शी बन्ने प्रयत्न गर्नु नै ज्ञानको मार्ग होकि झैं लाग्दछ ।
धनानि भूमौ पशवश्च गोष्ठे भार्या गृहद्वार जनस्मशाने ।
देहश्चितायां परलोकमार्गे कर्मानुगो गच्छति जीव एक ।।
अनादिनि धनो ब्रह्म शङ्खचक्र गदाधरः ।
अक्षøय पुण्डरीकाक्षः प्रेतमुक्तिप्रदो भव ।।
इति